1 year ago
September 29, 2024
दिल तामाङ , सिड्नी
नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् ।
ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ ।
मान बहादुरले पोखरा भलिबल क्लबबाट खेल्ने बताइएको छ । यो प्रतियोगिताका लागि मान बहादुर एक महिनाअघि नै अस्ट्रेलिया आइसकेका छन् । उनले यसअघि पनि अस्ट्रेलियामा खेलिसकेका छन् ।
यस्तै प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका सदस्य विशाल बहादुर विक, टेक राज अवस्थी र राजु शेरचनले पनि खेल्नेछन् । विशालले दि गोर्खा स्पोर्ट्स क्लब, टेकराजले म्याग्दी काली तथा राजुले सनराइजबाट खेल्नेछन् ।
रनिङ कपमा पुरुषतर्फ १३ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । आइतवारै समूह विभाजन र खेल तालिका सार्वजनिक गरिएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
पुरुषतर्फ पोल ए मा गोल्डेन ब्वाइज भलिबल क्लब, मोना अस्ट्रेलिया, पर्वत बेनी, पोखरा भलिबल क्लब, जलजला परिवार अस्ट्रेलिया, सनराइज र दि गोर्खा स्पोर्ट्स क्लब छन् ।
पाेल बीमा थकाली सेवा समिति, आयोजक ढोरपाटन क्लब, म्याग्दी काली युनाइटेड, गल्कोट स्पोर्ट्स क्लब, क्यानवेरा नेप्लिज सोसाइटी र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् ।
नकआउटका आधारमा हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला र पुरुष दुवैतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई केओआई र एएलडी कर्पाेरेटले मुख्य प्रायोजन गरेको छ ।
दि माया लन्ज, सिर्जन मल्लको परिवार, ग्लोबल कन्सल्ट र एसएनबी क्लिनिङ सर्भिसेस प्लाटिनम प्रायोजक रहेका छन् । फोर नेसन्स इन्टरनेसनल पायोनिएर एजुकेशन एण्ड भिजा सर्भिसेस, काठमाडौ मम हाउस, मिलन कार्की, जमघट नेपाली रेष्टुरेन्ट र बैठक रेष्टुरेन्ट गोल्ड स्पोन्सर रहेका छन् ।
नमस्ते ज्वेलर्स, डिवाई बट्चर सप, नेपमार्ट र एभरेस्ट ग्लोबल सिल्भर स्पोन्सर रहेका छन् । जमघट नेपाली रेष्टुरेन्ट क्यान्टिन पार्टनर रहेका छन् ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]