default_image

1 year ago

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

3106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् ।

काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् ।

फाइनल पुग्ने सम्भावना कायम राख्न जितको खाँचो रहेपनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा मधेश बाहिरिन पुग्यो । मधेशले खेलेको सबै ४ खेलमा हार बेहोर्न पुग्यो । महिला राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेशले ४ खेलमा सेट जितेपनि अंकको खाता खोल्न सकेको छैन ।

यता, मधेशको हारसँगै गण्डकी पनि लिग चरणबाट बाहिरिन पुग्यो । गण्डकीले अब बाँकी दुवै खेलमा जित हात पारेपनि शीर्ष दुईमा रहने टोलीको अंकलाई भेट्टाउने छैन ।

गण्डकीकाे ३ खेलबाट १ अंक छ । बाँकी दुवै खेल जित्दा गण्डकीको ७ अंक मात्रै पुग्नेछ। यसअघि नै कर्णाली यस्विसको ३ खेलबाट ८ अंक छ । काठमाडौंको ४ खेलबाट ९ अंक पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मधेशले पहिलो सेट जत्दै राम्रो सुरुवात गरेपनि त्यही जितको लयलाई कायम राख्न सकेन । मधेशले त्यसपछिको तीनै सेट काठमाडौंलाई सुम्पियो । मधेशले पहिलो सेट २५–१५ ले सजिलै आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछि काठमाडौंले पूनरागमन जित निकाल्यो ।

दोस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्किएको काठमाडौंले तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो । तेस्रो सेट २५–१८ ले जित्दै काठमाडौंले लिगमा लगातार तेस्राे जित दर्ता गर्यो । पहिलो खेल गुमाएको काठमाडौंले त्यसपछिको सबै ३ खेल जितेको छ ।

आज नै दोस्रो खेलमा कर्णाली यस्विस र चितवन शक्ति तथा तेस्रो खेलमा ललितपुर क्वीन्स र गण्डकीबीच प्रतिस्पर्धा हुँदैछ । कर्णाली र चितवनलाई फाइनलमा स्थान बनाउन याे खेल निकै महत्वपुर्ण छ ।

नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक भइरहेकेको इडब्लुभिएलमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल शनिवार हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.