default_image

1 year ago

November 12, 2024

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट बिर्तामोडमा

792 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको बिर्तामोडमा नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्ट बिर्तामोडको युनाइटेड क्रिकेट एकाडेमीमा सम्पन्न भएको हो । कार्यक्रममा १ सयभन्दा बढी खेलाडी सहभागी थिए ।

झापाका विभिन्न पालिकाका युवा क्रिकेटरहरु ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । ट्यालेन्ट हन्ट क्रिकेट प्रशिक्षक लाक्पा लामा र दिपेन्द्र चौधरी निगरानीमा भएको हो ।

झापाबाट उदयीमान ५ खेलाडी छानिएका छन् । छानिएका खेलाडीसहित अन्य ३ जिल्लाका छानिएका खेलाडीलाई विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा ट्यालेन्ट हन्ट भएको आयोजकले जनाएको छ । विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ गतेदेखि पुस ६ गते सम्म हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.