1 year ago
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ ।
कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।
विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एक जनाले एनपिएलमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
विराटनगर किंग्सले कोशी प्रदेशका इलाम, झापा, सुनसरी , उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो ।
विराटनगरको पहिलो चरणको बन्द प्रशिक्षणमा आजबाट विराटनगरमा सुरु भएको छ । पहिलो चरणको बन्द प्रशिक्षणमा अक्सनबाट टोलीमा अनसबन्ध भएका खेलाडी तथा ट्यालेन्ट हन्टमा सर्ट लिस्ट भएका खेलाडीहरुलाई सहभागी गराइने छ ।
मंसिर १२ गतेदेखि टोलीले लिगको अन्तिम तयारी काठमाडौंबाट गर्नेछ । विराटनगरले बुधवार टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको थियो ।
विराटनगरका मुख्य प्रशिक्षकमा आयरल्यान्डका पुर्व क्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
सिद्धार्थ बैंक एनपिएलमा विराटनगरको खेल तालिका :
मंसिर १५ गते जनकपुर बाेल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ बजे
मंसिर १८ गते सुदूरपश्चिम राेयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १९ गते लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २७ गते पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २८ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर ३० गते काठमाडौं गोर्खाजविरुद्ध बिहान ९ः१५ बजे
विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]