default_image

1 year ago

December 2, 2024

३ पाकिस्तानीसहित हेल्प नेपालको टोली घोषणा

2685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको घरेलु भलिबलमा राम्रो प्रभाव छाडिसकेका ३ पाकिस्तानी खेलाडीलाई समेट्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि आफ्नो टोली घोषणा गरेको छ ।

हेल्प नेपालले सोमबार पाकिस्तानी खेलाडी सार्वजनिक गर्दै अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो। पाकिस्तानी खेलाडीमा स्पाइकर मजर अली र मुवासर राजा किङ तथा सेटर अदनान खान छन् ।

यसअघि हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडीलाई टोलीमा समेटेको थियो । हेल्प नेपालले पुलिसका रविन चन्द ठकुरी, सफल विक र भिम बहादुर गाहालाई‌ आबद्ध गरेको छ।

हेल्प नेपालले च्याम्पियनसिपका लागि आर्मीका धन बहादुर भट्ट क्षेत्री र दुर्गा बहादुर खड्कालाई टोलीमा समेटेको हो । त्यस्तै टोलीले कप्तानमा टोप बहादुर थापा ‘दीपक’, उप कप्तान सन्जु विक्रम शाह, सुरेन्द्र बम ठकुरी, सुवास कुँवर, चिरन खड्का र मनिष मानन्धरलाई निरन्तरता दिएको छ ।

मुख्य प्रशिक्षकमा गत साता मात्रै एफआईभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका उत्सव खड्कालाई निरन्तरता दिएको छ । यसअघि टोलीका महत्वपूर्ण सदस्य रहेका अमृत केसीलाई सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुने काभा पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको हेल्प नेपालले पहिलो पल्ट आयोजना हुन‌ लागेको काभा क्लब च्याम्पियनसिप खेल्दैछ । यस्तै आयोजकको हैसियतमा आठौं प्रधानमन्त्री कप एनभिए लिगमा उपविजेता बनेको गण्डकी प्रदेशले पनि नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्नेछ ।

काभा क्लब च्याम्पियनसिपमा नेपालका २, भारत, माल्दिभ्स र इरानको समान १ गरि ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश भलिबल संघ, भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन् ।

च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ । च्याम्पियन्सिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

हेल्प नेपालको टोली
टोप बहादुर थापा ‘दीपक’ (कप्तान), सन्जु विक्रम शाह (उप–कप्तान), मजर अली, मुवासर राजा किङ, रविन चन्द ठकुरी, धन बहादुर भट्ट क्षेत्री, सफल विक, दुर्गा बहादुर खड्का, अदनान खान, सुरेन्द्र बम ठकुरी, मनिष मानन्धर, सुवास कुँवर, चिरन खड्का र भीम बहादुर गाहा

मुख्य प्रशिक्षक – उत्सव खड्का र अमृत केसी (सहायक प्रशिक्षक)

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.