1 year ago
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ ।
गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा प्रसाद महतो र मिडल ब्लकर हरि बहादुर अधिकारीलाई पनि टोलीमा समेटेको छ । दुर्गा गण्डकीकै पूर्व खेलाडी हुन् ।
भारतीय खेलाडीमा आठौं प्रधानमन्त्री कप एनभिए लिगमा सुदुर पश्चिममा खेलेका साहिल कुमार, भारतीय राष्ट्रिय टोलीबाट खेलिसकेका प्रिन्स र हिमांशु त्यागी रहेका छन् । साहिलले भारतमा भएको प्रो भलिबल लिगमा पनि सानदार प्रदर्शन गरेका थिए ।
यसै च्याम्पियनसिपका लागि गण्डकीका भरपर्दा स्पाइकर रवि केसी जापानबाट नेपाल आइसकेका छन् । विवश आले, हिमाल सुनारी, इन्द्र बहादुर विक, राजन थापा, सरोज वर्देवा र कुन्जन शाही ठकुरी गण्डकीको टोलीमा निरन्तरता छन् । टोली रमेश केसीलाई पनि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।
यसअघि लिवेराेकाे भुमिकामा रहेका राजन यसपटक सेटरकाे भुमिकामा काेर्टमा उत्रनेछन् ।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुने काभा पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले पहिलो पटक आयोजना हुन लागेको काभा पुरुष क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दैछन् ।
काभा क्लब च्याम्पियनसिपमा नेपालका २, भारत, माल्दिभ्स र इरानको समान १ गरि ५ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हेल्प नेपाल, गण्डकी, भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन् ।
च्याम्पियन्सिपमा सिंगल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरि १४ खेल हुनेछ । च्याम्पियन्सिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यस्तै आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि ३ पाकिस्तानी खेलाडीलाई समेटेर १४ सदस्यीय टोली घोषणा गरेको छ । तीन पाकिस्तानी खेलाडीमा स्पाइकर मजर अली र मुवासर राजा किङ तथा सेटर अदनान खान रहेका छन् । उनीहरु सोमबार नेपाल आइपुगेका छन् ।
यसपाली हेल्प नेपालबाट रविन चन्द ठकुरी, सफल विक, भीम बहादुर गाहा, धन बहादुर भट्ट क्षेत्री र दुर्गा बहादुर खड्काले खेल्नेछन् ।
कप्तान टोप बहादुर थापा ‘दीपक’, उप कप्तान सन्जु विक्रम शाह, सुरेन्द्र बम ठकुरी, सुवास कुँवर, चिरन खड्का र मनिष मानन्धर टोलीमा छन् ।
मुख्य प्रशिक्षकमा गत साता मात्रै एफआईभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका उत्सव खड्कालाई निरन्तरता दिएको छ । यसअघि टोलीका महत्वपुर्ण सदस्य रहेका अमृत केसीलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
गण्डकीको टोली
आउट साइड हिटर – खोम प्रसाद पाण्डे ‘हरि’ (कप्तान), रवि केसी, सरोज वर्देवा, साहिल कुमार र हिमांशु त्यागी
सेटर – विवश आले, दुर्गा प्रसाद महतो र राजन थापा
मिडल ब्लकर – हिमाल सुनारी, हरि बहादुर अधिकारी, इन्द्र बहादुर विक र प्रिन्स
लिवेरो – कुन्जन शाही ठकुरी र ईश्वर थापा
मुख्य प्रशिक्षक – रमेश केसी
सहायक – शंकर गुरुङ र उत्तम थापा
टिम व्यवस्थापक – टुक बहादुर गुरुङ
फिजियो – डाक्टर अनुप
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]