12 months ago
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।
सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् ।
‘मेरो परिवार, सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यावाद दिन चाहन्छु । मैदानबाट टाढा भएपनि क्रिकेट मेरो मुटुमा रही रहनेछ’, उनले लेखेका छन् । एक दशक नेपाली टोलीबाट खेल्नु अविश्वसनीय यात्रा रहेको समेत लेखेका छन् ।
उनले नेपालबाट ६ ओडीआईमा १ अर्धशतकसहित ९७ रन बनाएका छन् । २०१८ अगष्ट ३ मा नेदरल्यान्ड्ससँग ओडीआईमा डेब्यू गर्दा त्यसै वर्ष युएईविरुद्ध कलालाम्पुरमा अर्धशतक हानेका थिए ।
टि २० आईमा २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका थिए । उनले ८ टि ट्वान्टी आईमा १ सय १२ रन बनाएका थिए । नेपालबाट उनले १४ लिष्ट ए र १९ टि ट्वान्टी खेल खेलेका थिए ।
२०१२ मा आसिसी डिभिजन ४ मा अमेरिकाविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । २०१४ को टि ट्वान्टी विश्वकपमा अफगानिस्तानविरुद्ध ५३ बलमा ६ चौका र १ छक्कासहित ५६ रन बनाएका थिए ।
नेपालले २०१४ र २०२४ मा गरि दुई पटक टि ट्वान्टी विश्वकप खेलेको छ । विश्वकपमा अर्धशतक प्रहार गर्ने सुवास एक्लो नेपाली खेलाडी हुन् । विश्वकपपछि भने उनी नियमित नेपाली टोलीमा रहन सकेनन् । हातको चोट र कमजोर लयले टोलीमा आउने जाने भएको थियो ।

नेपालले पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि २०२२ मा लिग २ मा अमेरिकामा उनलाई नेपाली टोलीमा राखिएको थियो । ओमानसँग ३ रनमा आउट भएपछि भने उनी फेरि मौका पाउन सकेनन् । उनले घरेलु क्रिकेट भने नेपाल एपिएफ क्लब र बागमती प्रदेशबाट खेले ।
उनले २०१७ देखि २०२२ सम्म पिएम कपमा १८ खेलमा १ शतकसहित कुल ४ सय ९२ रन बनाएका थिए ।
२०१८ मा मधेशविरुद्ध उनले प्रदीप ऐरीसँग मिलेर दोस्रो विकेटलाई २ सय ३१ रनको साझेदारी गरेका थिए । प्रदीपले १ सय ५८ र सुवासले १ सय ३ रन जोडेका थिए । उक्त साझेदारी हालसम्म पिएम कपको कुनैपनि विकेटको सर्वाधिक मानिन्छ । समग्रमा सुवास नेपालका एक सफल विकेटकिपर ब्याटरमा पर्दछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]