10 months ago
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् ।
गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए ।
सुनिलका छोरा याङतेन लामाले १०–११ वर्षको भिडन्तमा कुमितेमा रजत र कातामा कांस्य पदक जित्न सफल भए । ५ वर्ष मुनिको युवा डिभिजनमा रेइदेन थापा मगरले कुमितेमा रजत हात पार्दा ६–७ वर्ष उमेर समूहमा अभिर महर्जनले कुमितेतर्फ कास्य पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी गराए ।
११औं साग (दक्षिण एसियाली खेलकुद) र १३औं एसिया प्यासेफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण विजेता लामाले आफ्नो प्रशिक्षणमा रहेका खेलाडीले उच्च प्रदर्शन गर्दै हात पारेको सफलतामा गर्व गर्दै यो नतिजाले आफ्नो प्रशिक्षणमा लगाएको समर्पण र कडा परिश्रमलाई प्रतिबिम्बित गरेको बताए ।
न्यूयोर्कको वुडसाइडमा अवस्थित च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले कराते कलामार्फत अनुशासन, सम्मान र दृढतालाई प्रवर्दन गर्दै सबै उमेरका खेलाडीहरूलाई प्रशिक्षण दिइरहेको छ । च्याम्पियन मार्शल आर्ट्स एकेडेमीकाे नेपालमा मुख्य कार्यालय रहेकाे छ ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]