7 months ago
May 3, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) ले
इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई मात्र २ रनले माथ दिएको छ।
जितपछि आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। चेन्नईको लागि आयुष महात्रे र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे। तर त्यो जितको लागि प्रयाप्त भएनन।
२ सय १४ रनको लक्ष्य पछाएको चेन्नई २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ११ रनमा समेटियो।
ओपनर आयुष र शेक रसिदले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे। शेक १४ रनमा र लगत्तै साम कुरान मात्र ५ रनमा आउट भए। ५८ रन जोड्दा चेन्नईले २ विकेट गुमायो।
त्यसपछि आयुष र रविन्द्र जडेजाले १ सय १४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अगाडि बढाए। उत्कृष्ट ब्याटिङ गरेका आयुषलाई लुङ्गी एनगिडीले आउट गरे।
आयुष शतकबाट ६ रनले चुके। ४८ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गर्दै ९४ रनको सानदार प्रदर्शन गरे। उनी आउट हुँदा चेन्नईले १ सय ७२ रन बनाएको थियो।
चेन्नईलाई जितको लागि अन्तिम २१ बलबाट ४२ रन जोड्नु थियो। ७ विकेट पनि थियो। डिवाल्ड ब्रेभिस बिना कुनै रन आउट भए।
जडेजा र महेन्द्र सिंह धोनी क्रिजमा थिए। रोमाञ्चक बनेको खेलको अन्तिम ६ बलमा चेन्नईलाई जितको लागि १५ रन आवश्यक थियो।
अन्तिम ओभरको तेस्रो बलमा धोनी यस दयालको बलमा एलबीडब्लु आउट भए। त्यसपछिको बल नो बल थियो। जहाँ शिवम दुबेले छक्का प्रहार गरे। खेल झनै रोमान्चक बन्यो।
अन्तिम ३ बलमा ५ रन बनाउनुपर्ने थियो। ३ बलमा ३ रन मात्र जोड्दा चेन्नईले २ रनको झिनो हार बेहोर्यो। जडेजा ४५ बल खेल्दै अविजित ७७ रनमा क्रिजमा रहे।
बलिङमा लुङ्गी एनगिडीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए।
त्यसअघि टस जितेर चेन्नईले फिल्डिङ रोजेको थियो।आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।
सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्लेमा ७२ रन जोड्यो। जाकोब बेथेल र विराट कोहलीले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरे।
यी दुईले चेन्नईका बलरहरूलाई दबाब दिए। दुवैले अर्धशतक बनाए। ९.५ ओभरमा माथिसा पाथीरानाले यो साझेदारी तोडे। ३३ बलमा ८ चौका र २ छक्का सहित ५५ रन जोडेर जाकोब आउट भए।
सानदार ब्याटिङ गरेका विराटले मात्र ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। उनले ६२ रनको योगदान दिए। ओपनरले सुरूवात दिलाए पनि मिडिल अर्डरका ब्याटरहरुको प्रदर्शन फितलो रह्यो। देवदत्त पाडिक्कल १७ रनमा, कप्तान रजत पाटिदार ११ रनमा र जितेश शर्मा ७ रनमा आउट भए।
तर सातौं क्रमका रोमारियो सेपर्डले वुष्फोटक ब्याटिङ गरे। १४ बल मात्र खेल्दै ४ चौका र ६ छक्का सहित अविजित ५३ रनको सानदार पारी खेल्दै टोलीको योगफल बढाउन महत्वपूर्ण भुमिका खेले।
माथिसा पाथीरानाले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए। नुर अहमद र साम कुरानले समान १ विकेट झारे।
आरसिबी ६ अंक सहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
११ खेलमा उसको यो आठौं जित हो। लिगको पुछारमा रहेको चेन्नईको यो नवौं हार हो। उसको मात्र ४ अंक छ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]