4 months ago
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गोल्फर सदभाव आचार्यले अमेरिका स्थित टेक्सस युनिभर्सिटी, सेन एन्टोनियो (युटिएसए) मा अध्ययन र नेशनल कलेजिएट एथलेटिक एसोसिएसन (एनसिएए) डिभिजन – १ को लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
एनसिएए डिभिजन-१ मा छात्रवृत्ति पाउने उनी पहिलो नेपाली गल्फर हुन्। आज उनी अमेरिका प्रस्थान गरेका छन्।
अमेरिकामा भएको जुनियर प्लेयर्स च्याम्पियनसिपमा सदभावको प्रदर्शनबाट प्रभावित भएर कलेजका प्रशिक्षक म्याट वर्निकेले यो छात्रवृत्ति प्रस्ताव गरेका थिए।
‘कोच वर्निकेले गत वर्षको जुनियर प्लेयर्सपछि मलाई पछ्याइरहेका थिए। त्यसपछि उनले सम्पर्क गरेर विश्वविद्यालयको तर्फबाट छात्रवृत्ति प्रस्ताव गर्नुभयो,” सदभावले भने, ‘उहाँ मेरो प्रदर्शनबाट विशेष प्रभावित हुनुभयो।’
स्नातक तहमा मार्केटिङ र मार्केटिङ व्यवस्थापन अध्ययन गर्ने सदभावले आगामी ४ वर्ष युटिएसएको ७ सदस्यीय गल्फ टोलीको सदस्य बन्नेछन्। त्यसमा ५ खेलाडीलाई बार्षिक कम्तीमा १३ प्रतियोगितामा सहभागी गराइनेछ। टोलीमा ४ अमेरिकी, २ मेक्सिकन र एक नेपाली खेलाडी रहनेछन् ।
‘हामी भित्रै छनोट भएर प्रतियोगितामा ५ खेलाडी छनोट गरिनेछ र एनसिसीए को शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिनेछ,’उनले भने।
एनसिएए डिभिजन-१ को खेलाडीका रूपमा उनी टिपिसी सान एन्टोनियो क्लबको सदस्य बन्नेछन्, जहाँ नियमित पिजिए टुर प्रतियोगिता भलेरो टेक्सस ओपन आयोजना हुन्छ। अब सदभावले सोही क्लबमा अभ्यास र प्रशिक्षणको सुविधा पाउनेछन्।
युनिभर्सिटीमा औपचारिक रूपमा सुरुवात गर्नु अगाडि सदभावले जुलाई ३० मा ओहायोमा हुने १२५औं युएस अमेच्योर च्याम्पियनसिपको फाइनल स्टेज क्वालिफाइङमा प्रतिस्पर्धा गर्नेछन्।

सदभावका बुवा तथा पिजिए नेपाल र नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले यो अवसरलाई ऐतिहासिक उपलब्धि बताएका छन्।
‘विश्वकै कठिन प्रतिस्पर्धात्मक संरचना एनसिएए डिभिजन – १ मा पुग्नु सजिलो होइन। युटिएसएले पढाइ, प्रशिक्षण र स्वास्थ्य सबै व्यवस्थापन गरिदिएको छ,’उनले भने, “४ वर्षे छात्रवृत्तिको मूल्य झन्डै १० लाख डलर बराबरको हुनेछ।’
उत्कृष्ट प्रदर्शन गरेको खण्डमा सदभावको लागि पिजिए सम्म पुग्ने अवसर यो ४ वर्षमा पाउँनेछन्। गोकर्ण गोल्फ क्लबबाट खेल्न सुरु गरेका सदभाव अहिले विश्व एमेच्योर गल्फ वरीयतामा १ सय ८४औं स्थानमा छन्। उनले ४ वर्षको उमेरदेखि गल्फ खेल्न सुरु गरेका थिए।
सन् २०२४ को सिजनमा उनले नेपाल गल्फ संघले आयोजना गरेको ८ मध्ये ७ प्रतियोगिता जितेका थिए। उनले नेपाल एमेच्योर ओपन २०२५ मा १२ अन्डर ६० को कोर्स रेकर्ड बनाउँदै व्यक्तिगत र टिम दुवैमा स्वर्ण जितेका थिए।
व्यावसायिक नेपाली गल्फमा समेत उनले कीर्तिमान बनाएका छन्। १६ वर्ष १० महिनाको उमेरमा सूर्य नेपाल च्यालेञ्ज जिते। उनी सबैभन्दा कम उमेरमा प्रो प्रतियोगिता जित्ने खेलाडी हुन्। घरेलु टुरमा उनले सेन्ट्रल ओपन, टुर च्याम्पियनसिप र काठमाडौं ओपन पनि जितेका छन्।
उनले अन्तर्राष्ट्रिय स्तरमा पनि उनले देशलाई पदक दिलाएका छन्। २०२४ मा फाल्डो सिरिज युरोपियन ग्रान्ड फाइनल (१७–२१ उमेर समूह) जित्दै ओभरअल रनरअप बने।
२०२५ को जनवरीमा बंगलादेश एमेच्योर ओपन जित्ने सदभाव पहिलो नेपाली खेलाडी बन्न सफल भए। उनले ३६औं र ३८औं संस्करणमा नेपाललाई टिम उपाधिमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। उनी जारी मिसन २०२६ मा रहेका खेलाडी पनि हुन्।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]