5 months ago
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष बेलायती ब्रायन डब्लु बेक नेपाल आउने भएका छन्।
नेपाल किक बक्सिङ एसोसिएसनको आयोजनामा हुने चार दिने रेफ्री र प्रशिक्षक सेमिनारमा भाग लिन बेक साउन १६ नेपाल आउन लागेका हुन्।
काठमाडौंको जडीबुटीस्थित फाइट क्लब नेपालमा आयोजना साउन १७ देखि २० गतेसम्म हुने कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ समेत हुने एसोसिएसनकी महासचिव बिन्दा नेपालीले बताइन्।
बिन्दा एसियन किक बक्सिङको स्वर्ण विजेता समेत हुन्। सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन्।
खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]