4 months ago
August 6, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले अस्ट्रेलियामा बिच भलिबल प्रतियोगिता खेल्ने भएका छ ।
ब्राइटन बिच भलिबल संघको आयोजनामा शनिवार (९ अगस्ट) हुने एक दिने प्रतियोगितामा मान र दिलको जोडीले खेल्ने भएका हो ।
उनीहरुको जोडीले अस्ट्रेलियामा चर्चित नमस्ते ज्वेलर्स सिड्नीको टोलीबाट खेल्न लागेका हुन् । नमस्ते ज्वेलर्सका कृष्ण सुनार खेलप्रति रुची राख्ने समाजसेवी व्यक्तित्व हुन् । नमस्ते ज्वेलर्स अस्ट्रेलियामा आयोजना हुने विभिन्न खेल प्रतियोगिताहरुको प्रायोजकको रुपमा रहँदै आएको छ ।
एक दिने प्रतियोेगिता सिड्नीस्थित ब्राइटन बिचमा हुनेछ । खेलहरु एकसाथ विभिन्न ५ वटा कोर्टहरुमा सञ्चालन हुनेछ ।
मान र दिल नेपाली राष्ट्रिय बिच भलिबल टोलीका सफल जोडी हुन् । यो जोडीले सन् २०२२ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष च्याम्पियनसिप र २०२४ मा भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा दुबैमा रजत पदक जितेको थियो ।
मान र दिल पछिल्लो एक वर्ष यता अस्ट्रेलियाम रहेर नेपाली समुदायले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आइरहेका छन् । मान बहादुरले पोखरा भलिबल क्लबबाट तथा दिलले गल्कोट समाज अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको वर्ष उत्कृष्ट स्पाइकर बनेका दिलले आफ्नो टोलीलाई एकपटक तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जिताइसकेका छन् । मान बहादुरले गत जुनमा भएको मोना कप भलिबलमा आफ्नो टोली पोखरालाई उपविजेता बनाउन सफल भएको थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]