4 months ago
August 6, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले अस्ट्रेलियामा बिच भलिबल प्रतियोगिता खेल्ने भएका छ ।
ब्राइटन बिच भलिबल संघको आयोजनामा शनिवार (९ अगस्ट) हुने एक दिने प्रतियोगितामा मान र दिलको जोडीले खेल्ने भएका हो ।
उनीहरुको जोडीले अस्ट्रेलियामा चर्चित नमस्ते ज्वेलर्स सिड्नीको टोलीबाट खेल्न लागेका हुन् । नमस्ते ज्वेलर्सका कृष्ण सुनार खेलप्रति रुची राख्ने समाजसेवी व्यक्तित्व हुन् । नमस्ते ज्वेलर्स अस्ट्रेलियामा आयोजना हुने विभिन्न खेल प्रतियोगिताहरुको प्रायोजकको रुपमा रहँदै आएको छ ।
एक दिने प्रतियोेगिता सिड्नीस्थित ब्राइटन बिचमा हुनेछ । खेलहरु एकसाथ विभिन्न ५ वटा कोर्टहरुमा सञ्चालन हुनेछ ।
मान र दिल नेपाली राष्ट्रिय बिच भलिबल टोलीका सफल जोडी हुन् । यो जोडीले सन् २०२२ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष च्याम्पियनसिप र २०२४ मा भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा दुबैमा रजत पदक जितेको थियो ।
मान र दिल पछिल्लो एक वर्ष यता अस्ट्रेलियाम रहेर नेपाली समुदायले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आइरहेका छन् । मान बहादुरले पोखरा भलिबल क्लबबाट तथा दिलले गल्कोट समाज अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको वर्ष उत्कृष्ट स्पाइकर बनेका दिलले आफ्नो टोलीलाई एकपटक तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जिताइसकेका छन् । मान बहादुरले गत जुनमा भएको मोना कप भलिबलमा आफ्नो टोली पोखरालाई उपविजेता बनाउन सफल भएको थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]