default_image

4 months ago

August 17, 2025

अस्ट्रेलिया मान र दिलको जोडी बिच भलिबल च्याम्पियन

1317 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् ।

ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट अस्ट्रेलियाको रकडेलमा रहेको निकै नै चर्चित नमस्ते ज्वेलर्स सिड्नीबाट प्रतिनिधित्व गरेका मान र दिलको जोडीले २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछि यो जोडीले दोस्रो सेट २१–१९ ले जित्दै उपाधि जित्न सफल भयो ।

च्याम्पियन बन्ने क्रममा मान र दिलको जोडीले कुल ७ खेल खेलेको थियो । उपाधिसँगै मान र दिलको जोडीले अस्ट्रेलियन डलर प्राप्त गरेको छ ।

उपाधि जितेपछि मान बहादुरले खेल्ने अवसर दिने नमस्ते ज्वेलर्सका कृष्ण सुनारलाई धन्यवाद प्रदान गरे । दिलले अस्ट्रेलिया आएको एक वर्षपछि बिच भलिबल खेल्न पाउदा खुशी लागेको र साथ, सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

गत साता नै हुनुपर्ने प्रतियोगिता अत्यधिक वर्षापछि एक सातापछि सारिएको थियो । एक दिने प्रतियोेगिता सिड्नीस्थित ब्राइटन बिचमा एकसाथ विभिन्न ५ वटा कोर्टहरुमा सञ्चालन भएको थियो ।

नमस्ते ज्वेलर्सका कृष्ण सुनार खेलप्रति रुची राख्ने समाजसेवी व्यक्तित्व हुन् । उनले अस्ट्रेलियामा आयोजना हुने विभिन्न खेल प्रतियोगिताहरुमा प्रायोजन गर्दै आइरहेका छन् ।

मान र दिल नेपाली राष्ट्रिय बिच भलिबल टोलीका सफल जोडी हुन् । यो जोडीले ऐतिहासिक रजत पदक जितेका छन् । यो जोडीले सन् २०२२ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा रजत तथा सन् २०२४ मा भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा पनि रजत पदक जित्न सफल भएका थिए ।

मान र दिल पछिल्लो एक वर्ष यता अस्ट्रेलियाम रहेर नेपाली समुदायले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउदै आइरहेका छन् । मान बहादुरले पोखरा भलिबल क्लबबाट तथा दिलले गल्कोट समाज अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् ।

नेपाल भलिबल संघ अस्ट्रेलियाको वर्ष उत्कृष्ट स्पाइकर बनेका दिलले आफ्नो टोलीलाई एकपटक तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जिताइसकेका छन् । मान बहादुरले गत जुनमा भएको मोना कप भलिबलमा आफ्नो टोली पोखरालाई उपविजेता बनाउन सफल भएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.