4 months ago
August 17, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् ।
ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट अस्ट्रेलियाको रकडेलमा रहेको निकै नै चर्चित नमस्ते ज्वेलर्स सिड्नीबाट प्रतिनिधित्व गरेका मान र दिलको जोडीले २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछि यो जोडीले दोस्रो सेट २१–१९ ले जित्दै उपाधि जित्न सफल भयो ।
च्याम्पियन बन्ने क्रममा मान र दिलको जोडीले कुल ७ खेल खेलेको थियो । उपाधिसँगै मान र दिलको जोडीले अस्ट्रेलियन डलर प्राप्त गरेको छ ।
उपाधि जितेपछि मान बहादुरले खेल्ने अवसर दिने नमस्ते ज्वेलर्सका कृष्ण सुनारलाई धन्यवाद प्रदान गरे । दिलले अस्ट्रेलिया आएको एक वर्षपछि बिच भलिबल खेल्न पाउदा खुशी लागेको र साथ, सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
गत साता नै हुनुपर्ने प्रतियोगिता अत्यधिक वर्षापछि एक सातापछि सारिएको थियो । एक दिने प्रतियोेगिता सिड्नीस्थित ब्राइटन बिचमा एकसाथ विभिन्न ५ वटा कोर्टहरुमा सञ्चालन भएको थियो ।
नमस्ते ज्वेलर्सका कृष्ण सुनार खेलप्रति रुची राख्ने समाजसेवी व्यक्तित्व हुन् । उनले अस्ट्रेलियामा आयोजना हुने विभिन्न खेल प्रतियोगिताहरुमा प्रायोजन गर्दै आइरहेका छन् ।
मान र दिल नेपाली राष्ट्रिय बिच भलिबल टोलीका सफल जोडी हुन् । यो जोडीले ऐतिहासिक रजत पदक जितेका छन् । यो जोडीले सन् २०२२ मा बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा रजत तथा सन् २०२४ मा भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा पनि रजत पदक जित्न सफल भएका थिए ।
मान र दिल पछिल्लो एक वर्ष यता अस्ट्रेलियाम रहेर नेपाली समुदायले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा निरन्तर सहभागिता जनाउदै आइरहेका छन् । मान बहादुरले पोखरा भलिबल क्लबबाट तथा दिलले गल्कोट समाज अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै आइरहेका छन् ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको वर्ष उत्कृष्ट स्पाइकर बनेका दिलले आफ्नो टोलीलाई एकपटक तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जिताइसकेका छन् । मान बहादुरले गत जुनमा भएको मोना कप भलिबलमा आफ्नो टोली पोखरालाई उपविजेता बनाउन सफल भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]