3 months ago
August 31, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा लगातार तेस्रो जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ।
स्यान्टियागो बेर्नाबेउमा शनिवार भएको खेलमा रियल म्याड्रिडले रियल मल्लोर्कामाथि २-१ को जित निकालेको छ। रियलले पछि परेको खेल उल्टाएको थियो।
मल्लोर्काका भेडाट मुरिकीले खेलको १८औं पहिलो गोल गरे । त्यसपछि एक मिनेटको फरकमा अर्दा गुलर र भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाए।
गुलरले ३७ औं र जुनियर ३८ औं मिनेटमा गोल गरे। रियलका तीन गोल अस्वीकृत भए पनि टोलीले स्तरीय प्रदर्शन जारी राख्यो।
नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियलले क्लब वर्ल्ड कप खेलेर पर्याप्त प्रि–सिजन तयारी नगरेको अवस्थामासमेत लगातार जित हासिल गरेको छ।
यो खेलमा अलोन्सोले जुनियर र ट्रेण्ट अलेक्जान्डर–आर्नोल्डलाई सुरुवाती रोजाइमा फर्काए। किलियन एम्बाप्पेले पनि सुरुवातमै गोल गरेपनि तर अफसाइडको कारण मान्यता पाएन।
शनिवारका अन्य खेलमा भ्यालेन्सियाले गेटाफेलाई ३-० ले, सेभिल्लाले जिरानोलाई २-० ले र ओभिडोले रियल सोसिडाडलाई १-० ले हराएको छ। एट्लेटिको म्याड्रिड र अलाभेसले १-१ को बराबरी खेलेको छ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]