default_image

3 months ago

August 31, 2025

आयरिश पबको पहलमा रविन्द्रका लागि ६ लाख बढी संकलन

552 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लाजिम्पाटस्थित आयरिश पबले शनिवार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धाको उपाधि जितेका एमएमए खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ।

कार्यक्रमको सुरुवात रविन्द्रसँग आमन्त्रित र उनका समर्थकसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो ।‌ त्यसपछि सर्व साधारणलाई खुला रुपमा भेटको व्यवस्थापन गरिएको थियो।

आयरिश पबले उनको खेल यात्रालाई सघाउन कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको बताइएको छ। यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिबद्धता प्रस्ट पारेको पब व्यस्थापनले जनाएको छ।


जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हेली, होलिडे इन एक्सप्रेस, आरएबी , एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउसको कोष संकलनमा प्रमुख सहयोग रहेको बताइएको छ।

कार्यक्रमलाई चाटाइम, डाबर रियल फ्रुट पावर, जुजु वेयर्स र एक्स्ट्रीम इनर्जी ड्रिङ्क ले प्रायोजन गरेका थिए।

आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले भने,’रविन्द्र ढाँटले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन्। तस्ता खेलाडीलाई सम्मान र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो। यसमा समन्वय पुर्याउने रविन्द्रका प्रशिक्षक दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं।’

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.