default_image

3 months ago

August 31, 2025

पहिलो हाफमा एपिएफ विरुद्ध अल नासारलाई अग्रता

755 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब विरूद्ध साउदी अरेबियाको अल नासारले पहिलो हाफमा २-० को अग्रता बनाएको छ।

उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी छनोटमा सान्त्वना जित निकाल्ने दाउमा रहेको एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। इन्ज्युरी नासारले अग्रता दुगुना गर्यो। कप्तान मारिया डा सिल्भाले गोल गरिन्।

एपिएफको अघिल्लो चरणमा प्रवेश गर्ने संभावना समाप्त भैसकेको छ। यसअघि पहिलो खेलमा एपिएफ एफसी नासाफसँग ३-० ले हारेको थियो।

दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले ४-० ले माथ दिएको थियो। एपिएफले यो छनौट दोस्रो पटक खेलेको हो। अहिलेसम्म गोल गर्न भने सकेको छैन्।

समूह ‘बी’ मा एपिएफ सँगै कलेज अफ एसियन स्कोलर्स, एफसी नासाफ र अल नासर छन् । समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.