default_image

3 months ago

September 9, 2025

बंगलादेशको फुटबल टोली आज स्वदेश फर्कने

707 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि बंगलादेश राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ।

दिउँसो ४ बजे बीमान बंगलादेश एयरलाइन्सबाट बंगलादेश टोली स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा ) ले जनाएको छ।

जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण राजधानीको सुरक्षा अवस्था बिग्रिएपि दशरथ रंगशालामा आज साँझका लागि तय दोस्रो खेल एन्फाले स्थगित गरेको हो।

भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ। विरोध प्रदर्शन देशका विभिन्न सहरमा भएको थियो।

पहिलो मैत्रीपूर्ण खेल शनिवार भएको थियो। सो खेल गोल रहित बराबरीमा सकिएको थियो। हिजो दिउँसो प्रि-म्याच कन्फ्रेन्स भएको थियो।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.