3 months ago
September 14, 2025
सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘आइएक्सेल खुल्ला भलिबल कप २०२५’ अर्काे साता हुने भएको छ ।
एलिट गोर्खा स्पोट्र्स क्लबको आयोजना तथा आइएक्सेल एजुकेशन, भिषा एण्ड माइग्रेसनको मुख्य प्रायोजनमा अस्ट्रेलियाकै सर्वाधिक धनराशिको एक दिने खुल्ला पुरुष भलिबल कप २० सेप्टेम्वर (असोज ४ गते शनिबार) हुन लागेको हो ।
एक दिने प्रतियोगिता मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा हुनेछ । यो अस्ट्रेलियाको हालसम्मकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।
भलिबल कपको विजेताले ५ हजार १ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीलाई २ हजार ५ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
गत वर्ष विजेताले ५ हजार तथा दोस्रो भएको टोलीले २ हजार २ सय डलर प्राप्त गरेको थियो । सर्वाेत्कृष्ट खेलाडी र विधागतका उत्कृष्टहरुलाई नगद र ट्रफीसँगै गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
नकआउटको आधारमा हुने प्रतियोगितामा सिड्नीको ९ र मेलबर्नका २ गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आइतबारै दुई समूहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरिएको छ ।
पोल ‘ए’ मा छन्त्याल परिवार अस्ट्रेलिया, म्याग्दी जलजला परिवार अस्ट्रेलिया, हाम्रो सी, आयोजक एलिट गोर्खा डाँफे, मोना अस्ट्रेलिया र गल्कोट समाज अस्ट्रेलिया रहेका छन् ।
पोल ‘बी’ मा ढोरपाटन क्लब अस्ट्रेलिया, आयोजक एलिट गोर्खा मुनाल, पोखरा भलिबल क्लब, दि गोर्खा स्पोर्ट्स क्लब सिड्नी र म्याग्दी काली युनाइटेड रहेका छन् ।
यस प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान मानबहादुर श्रेष्ठसँगै टेकराज अवस्थी, बिशाल बहादुर बिक, हेमन्त बहादुर मल्ल, लोकेन्द्र गिरी, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, रविन चन्द ठकुरी, बसन्त जोशी र रमेश बिक लगायतका राष्ट्रिय खेलाडीले खेल्नेछन् ।
गत वर्ष म्याग्दी कालीले उपाधि जितेको थियो । त्यसबेला म्याग्दी कालीबाट मान बहादुर र टेकराजसँगै खेलेका थिए । नेपाल भलिबल संघ अस्ट्रेलियाले राष्ट्रिय टोलीका दुई खेलाडीलाई एकै टोलीमा राख्न नपाउने नियम राखेको छ ।
प्रतियोगितालाई बेटर चोइस मोर्टगेज एण्ड फाइनान्स, वल्ड दरवार, मन्त्र प्लम्बिङ, भिआइसी कङ्क्रिट, नेपा पिटिवाई एलटिडी, केटिएम ट्राभल्स, सब्लिम एकाउन्टेन्टस्, जाभा इनर्जी र कटिङ किङले प्रायोजन गरेको छ ।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]