3 months ago
September 22, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ।
बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे ।
टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको प्रहार क्रसबारमा लाग्यो।
६२औँ मिनेटमा मार्कस रासफोर्डको पासमा ओल्मोले गोल गरे । रासफोर्ड दोस्रो हाफ सुरुमा राफिन्हाको स्थानमा मैदानमा प्रवेश गरेका थिए।
योसँगै बार्सिलोनाले ५ खेलपछि १३ अंक जोड्दै तालिकामा दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले पछि छ।
बार्सिलोनाको मुख्य मैदान क्याम्प नोउ अहिले पुनर्निर्माणमा चलिरहेकोले ६ हजार दर्शक क्षमताको जोहान क्रुइफ स्टेडियममा खेल भएको थियो।
अर्को खेलमा एल्चेले रियल ओभिएडोलाई १-० ले हरायो। अर्को खेलमा मायोर्का र एट्लेटिको म्याड्रिड तथस रयो भालेसानो र सेल्टा भिगोले १-१ को बराबरी खेले।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]