default_image

2 months ago

September 25, 2025

नेपाल सेमिफाइनलमा भारतसँग पराजित

1372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा चिर प्रतिद्वन्दी भारतसँग पराजित भएको छ। नेपाललाई ६ पटकको च्याम्पियन भारतले ३-० ल हराएको छ ।

श्रीलंकाको कोलोम्बोमा भएको खेलको पहिलो हाफमा नेपालले भारतलाई गोल गर्न रोक्यो। तर दोस्रो हाफमा नेपालको डिफेन्स लाइन तोड्दै भारत गोल गर्न सफल रहयो।

खेलको ६१ औं मिनेटमा भारतले अग्रता बनायो। कप्तान डेनी सिंह वाङ्खेमले दिएको थ्रु-पास डलालमाउन गाङ्ग्टेको खुट्टामा लागेर गएको बलमस गुनलेबा वाङ्खेराकपामले सही दिशा दिए।

१-० ले पछि परेको नेपाल खेलमा फर्कन सकेन । ८० औं मिनेटमा भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्यो।

अजलान शाहले नेपालका कप्तान प्रशान्त मोक्तानलाई छल्लाउँदै बकमस भित्रबाट हानेको लेफ्न फुटेट सट आकर्षक गोलमा परिणत भयो।

भारत यतिमा मात्र रोकिएन। इन्ज्युरी समयमा गुनलेबा वाङ्खेराकपामको सटिक पासमा सबस्टिच्युट खेलाडी डाइमन्मड सिंहले गोल गरे। यो सँगै नेपाललाई ३-० ले माथ दिंदै भारत फाइनलमा पुगेको छ।

समूह चरणमा नेपालले श्रीलंकालाई २-० ले हराउँदा बंगलादेशसँग ४-० ले हारेको थियो। नेपाल समूह उप विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।‌

भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश आज सेमिफाइनलमा पाकिस्तानलाई २-० ले हराएको थियो। भारत सातौं र बंगलादेश चौथो पटक उपाधि जित्ने दाउमा रहनेछ।

यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेका छन्। सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु १५ र कहिले यु १६ का रुपमा पनि‌ आयोजना भएको छ। योसहित ३ संस्करण लगातार यु १७ को नाममा आयोजना भएको छ।

एक पटक पनि उपाधि जित्न नसकेको नेपाल यो पटक पनि सेमिफाइनलमा नै रोकिएको छ।‌

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.