2 months ago
September 28, 2025
शारजहा (हाम्रो खेलकुद) – नेपालले शारजहा क्रिकेट मैदानमा ऐतिहासिक जित हात पारेको छ। नेपालले युनिटी टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा २ पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले हराएको छ।
यो खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भएका छन्। उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित ३८ रन जोडेका थिए।
१२ रन जोड्दा २ विकेट गुमाएको अवस्थामा कुशल मल्लसँग मिलेर ५८ रनको साझेदारी महत्वपूर्ण रहेको थियो। साथै उनले १ विकेट पनि लिएका थिए।
प्लेयर अफ दी म्याचको अवार्ड जितेपछि रोहितले यो अवार्ड जेन जी आन्दोलनमा ज्यान गुमाएका सहिदलाई समर्पण गरेका छन्।
उनले पछिल्लो महिना नेपालको लागि निकै कठिन समय रहेको स्मरण गर्दै बिस्तारै पुरानो शैलीमा आउँदै गरेको र केहि खुसी दिन सकेको पनि बताए।
आजको जितमा टिमले राम्रो प्रदर्शन गरेको भन्दै करण केसी र सोमपालको अनुभव अनि स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रहेको बताए। उनले कुशल भुर्तेलको पनि तारिफ गरे।
साथै रोहितले शारजाह स्टेडियममा पुगेका दर्शकलाई धन्यवाद दिए। उनले आजको जितलाई सुरूवातको संज्ञा दिए। ३ खेलको सिरिजमा नेपालले १-० ले अग्रता लियो।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]