default_image

1 month ago

October 7, 2025

नेपालले विश्वकप खेल्ने यी हुन् ५ आधार

2902 views

0 Bookmark

भुपेन्द्र जि.सी.

आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट ओमानको मस्कटमा बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिता शीर्ष ३ टोली आगमी वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् ।

समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा नेपाल, जापान र कुवेत छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आएका ४ टोलीसँग प्रतिस्पर्धा हुनेछ ।

आफ्नो समूहबाट गएको टोलीसँग भने सुपर सिक्समा प्रतिस्पर्धा हुनेछैन । त्यसैले सुपर सिक्समा हरेक टोली दुई अंकका साथ जान चाहनेछन् । दुई अंकका साथ जाने तीन टोलीलाई अतिरिक्त फाइदा हुनेछ ।

विश्वकपमा पुग्न कुनैपनि टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । अझ टी ट्वान्टीमा एकै ओभरले खेल मोडिन सक्छ । कागजी रुपमा जति मजबुत भएपनि जित्नलाई खेलको समयमा राम्रो क्रिकेट खेल्नै पर्ने हुन्छ ।

पछिल्लो समय टी ट्वान्टी क्रिकेटमा सबै एसोसिएट टोलीले आफ्नो स्तर लगातार सुधार गरेको हुँदा छनोटमा कडा प्रतिस्पर्धा अनुमान गरिएको छ ।

तर अन्य टोलीको तुलनामा नेपाल यस प्रतियोगितामा सर्वाधिक मजबुत टोली देखिएको छ । कागजी रुपमा मात्रै होईन अन्य तुलनामा पनि नेपाल अघि छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप खेल्ने पाँच बलिया आधार यस प्रकार छन् ।

५. विश्वकपमा पुग्न नयाँ समिकरण हुनु

यसअघि एसिया क्षेत्रबाट फाइनलमा पुग्ने दुई टोली मात्रै टि ट्वान्टी विश्वकप खेल्न पाउथे । सेमिफाइनलको एक हार विश्वकप खेल्ने सपना समाप्त गर्ने गर्दथ्यो । सन् २०२२ मा नेपालले समूह चरणमा सबै खेल जितेपनि सेमिफाइनलमा युएईसँग हारेर विश्वकप खेल्न पाएको थिएन । २०२३ मा सेमिफाइनलमा युएईलाई नै हराउँदै विश्वकप खेलेको थियो ।

तर यस पटक इएपी छनोटपनि एसियामै जोडेपछि एसिया क्षेत्र छनोटबाट तीन टोली विश्वकपमा जानेछन् । नकआउट खेल नहुँदा एक वा दुई खेल हारेको खण्डमा पनि विश्वकप सम्भावना रहन्छ ।

नेपालले समूह चरणमा दुई र सुपर सिक्समा चार गरी कुल ६ खेल खेल्नेछ । एक खेल हारेको खण्डमा पनि नेपाललाई खेलमा फर्किन पर्याप्त समय हुनेछ । त्यसैले ३ टोलीको कोटा हुनुले नेपाललाई विश्वकपमा पुग्न सहज देखिन्छ ।

. ओमानको कन्डिसनबारे जानकार खेलाडी

कन्डिसनबारे जानकार नभए उत्कृष्ट क्षमता भएका खेलाडीले पनि मैदानमा राम्रो प्रदर्शन गर्न सक्दैनन् । नेपालले घरेलु मैदान टियु बाहेक बाहिर गएर रन बनाउन नसक्नुको मुख्य कारण नै कन्डिसन रहँदै आएको थियो । नेपालको हारको मुख्य कारण लगभग प्राय ब्याटिङ कमजोरी नै हो ।

तर यस पटक कन्डिसन नेपाललाई बाधक नहुने देखिन्छ । किनभने नेपालले शारजाहमा वेष्ट इण्डिजसँग तीन खेल खेलेर गएको छ । शारजाह र ओमानको कन्डिसन लगभग उस्तै छ । त्यसैले विश्वकप छनोट हुने मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी १ र २ बारे नेपाली खेलाडीलाई राम्रो जानकारी छ ।

सन् २०२१ यता नेपालले ओमानमा आइसिसी विश्वकप लिग–२, पपुवा न्युगिनीसँग दुई ओडीआई खेल (२०२१), चार देशसम्मिलित टि ट्वान्टी सिरिज, विश्वकप एसिया क्षेत्र छनोट(२०२२) र एसिसी टि ट्वान्टी इमर्जिङ एसिया कप (२०२४) खेलेको छ ।

यस पटक पनि विश्वकप छनोट भन्दा एक साता अघिनै गएर दुई अभ्यास खेल खेलि सकेको छ । पिच र मौसम बारे राम्रो जानकार हुँदा नेपाल राम्रो रणनीतिका साथ मैदान उत्रनेछ । त्यसको नतिजा मैदानमा राम्रो क्रिकेट खेल्न सहज हुनेछ ।

३. उत्कृष्ट ब्याटिङ र सन्तुलित बलिङ आक्रामण

यस प्रतियोगितामा सर्वाधिक सन्तुलित र बलियो टोली नेपाल देखिन्छ । अझ नेपालको ब्याटिङलाइनअप वेष्टइण्डिजले टी ट्वान्टी विश्वकप उपाधि जित्दा (२०१२-२०१६) को समयलाई झल्को दिने खालकोछ । यस किसिमको ब्याटिङ लाइनअप एसोसिएट होइन टेस्ट टोलीमै पाउन मुश्किल पर्दछ ।

नेपालको प्लेइङ ११ मा नौ नम्बरसम्म ब्याटिङमा आउने ब्याटरले खेल जिताउन सक्ने खुबी राख्ने हुँदा कुनैपनि खराब अवस्थाबाट राम्रो योगफल बनाउन र पूरा गर्न सक्छ ।

नेपालको घोषणा १५ सदस्य टोलीमा सन्दीप लामिछाने र ललितनारायण राजवंशी बाहेक अन्य सबै खेलाडीले कुनैपनि नम्बरमा गएर नेपाललाई जिताउन सक्छन् । अन्य टोली जस्तो सिमित ब्याटरमा नेपाल निर्भर छैन । नेपालको शीर्षक्रम नचले मध्यक्रमले राम्रो गर्नसक्छ । शीर्ष र मध्यक्रम राम्रो नगरे तल्लोक्रमका खेलाडीले राम्रो गर्न सक्छन् ।

अर्कोतर्फ नेपालको ब्याटिङमा कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, आदिल आलम, लोकेश बम र करण केसी जस्ता टि ट्वान्टी हिटर छन् । नेपालले सुरुआत देखिनै विष्फोटक ब्याटिङ गर्न सक्छ । एउटा आउट हुँदैमा रोकिने सम्भावना रहदैन । अर्कोतर्फ नेपालको बलिङमा सन्दीप लामिछाने जस्ता विश्वस्तरिय स्पिनरमा छन् ।

करण , सोमपाल कामी र नन्दन यादव तीव्र गतिका बलर छन् । पार्ट टाइममा दुई कुशल र दीपेन्द्र छन् । नेपालको बलिङमा ७/८ बलरको विकल्प रहन्छ । एउटाले राम्रो नगर्दा अर्को विकल्प छ ।

अर्कोतर्फ टोलीमा प्लेइङ–११ मा पर्न कडा प्रतिस्पर्धा हुँदा खेलाडीले अझै राम्रा प्रदर्शन गर्न सक्छन् । ब्याटिङ र बलिङ दुबैमा टि ट्वान्टी खेलाडीको बाहुल्यता छ । खराब लयमा भएका खेलाडीले छनोट अघि राम्रो प्रदर्शन गरेका छन् । त्यसैले नेपालले विश्वकप खेल्ने सम्भावना मजबुत बनेको छ ।

२. उच्च मनोबल

क्रिकेट भनेको नै मनोबलको खेल हो । नेपाली खेलाडीको वर्तमान मनोबल टेस्ट ठूला टोलीलाई पनि स्तब्ध पार्न सकिन्छ भन्नेछ । उक्त मनोबलले मैदानमा नेपालले राज गर्ने सम्भावना देखिनछ । अघिल्लो साता वेष्ट इण्डिजलाई ३ खेलको सिरिजमा नेपालले २-१ ले जितेको थियो ।

दुई पटकको टि ट्वान्टी च्याम्पियन वेष्टइण्डिजलाई हराएको हुँदा खेलाडीको मनोबल नै उच्च छ । छनोटअघि बलियो टोलीसँग सिरिज खेलेको हुँदा नेपालले आफ्नो कमजोरी सुधार गर्ने अवसर पनि पाएको छ । त्यसैले खेलाडीले कुनैपनि देशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सक्छन् ।

अर्कोतर्फ पछिल्लो दुई वर्षमा नेपालले ठूला टोली भारत, दक्षिण अफ्रिका र बंगलादेशलाई कडा प्रतिस्पर्धा दिएको थियो ।

यसअघिका छनोटमा जस्तो सेमिफाइनल वा महत्वपूर्ण खेलमा यो वा त्यो टोली नपरे हुन्थ्यो भन्ने मनोबलमा नेपाली खेलाडी छैनन् । नेपाली खेलाडी जुनसुकै टोलीलाई पनि हराउन सकिन्छ भन्ने सोचमा हुँदा जित निकाल्न सहज देखिन्छ ।

१.लगातार एकै टोली हुनु

सन् २०२३ मा रोहित पौडेल कप्तान बनेपछि नेपालले आफ्नो अन्तिम १५ सदस्य टोलीमा एक दुई खेलाडी परिवर्तन गर्दै आएको छ । गतवर्ष विश्वकप खेलेका-११ खेलाडी यस पटक छनोटमा छन् । विश्व कपमा नपरेका आरिफ शेख, लोकेश , नन्दन र आदिल छन् । आदिल बाहेक अन्य सबै खेलाडीले राम्रो खेलको अनुभव पाएका छन् ।

सबै खेलाडीले अन्तर्राष्ट्रिय राम्रो खेलको अनुभव पाएका छन् । राम्रो प्रदर्शनको लागि खेलाडीको क्षमता मात्रै भएर हुँदैन । टोलीको सन्तुलन, एकअर्कापतिको खेल, विश्वास, एकता, आत्माविश्वास सबै थाहा हुनुपर्छ । दुई वर्षदेखि एउटै खेलाडी लगातार खेलेको हुँदा नेपाललाई आफ्नो रणनीति बनाउन कठिन हुनेछैन ।

अर्कोतर्फ एउटा खेलाडीले राम्रो नगर्दा त्यसको राम्रो विकल्प पनि तयार पारेको छ । पर्याप्त अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छन् । यसअघि जस्तो खेलको कमी खेलाडीलाई छैन । खेलाडीले आफ्नो कमजोरीमा राम्रोसँग काम गरेर छनोट खेल्न गएका छन् । त्यसैको कारण नेपाल विश्वकपमा पुग्ने बलियो सम्भावना देखिन्छ ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.