2 months ago
October 10, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- खेलाडी र खेलकर्मीलाई सम्मान गर्न नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ ।
रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड मंसिर १८ गते हुने बताइएको छ।
२०७३ मा स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको जनाइएको छ।
अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलताका आधारमा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक चाहना शाह बताइन् ।
शाहले भनिन् ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि थोरै कार्यक्रम हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रंगशाला नेपाल मिडिया प्रालिका प्रबन्ध निर्देशक कमल खत्रीले बताए । अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र उपहार प्रदान गरिने बताइएको छ।
अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदैं उहाँहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सफलता हासिल गर्न प्रेरणा मिल्ने विश्वास लिएको खत्रीले बताए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]