default_image

4 weeks ago

October 15, 2025

कुशलको अर्धशतक ,ओमानलाई मध्यम लक्ष्य

274 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद)- नेपालले टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई रनको सामान्य १ सय ५२ रनको चुनौति दिएको छ। नेपालको लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले।

ओमानको मस्कटमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो। नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो।

नरोालले सुरूवात राम्रो गर्यो। घरेलु टिम विरुद्ध नेपालले पहिलो पावर प्ले‌मा ५२ रन बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। आसिफ २४ रन जोडेर आठौं ओभरमा नदिम खानको बलमा आउट भए।

ओमानलाई ब्रेक थ्रु दिएका नदिमले पहिलो विकेट लिंदै उत्कृष्ट बलिङ गरे। उनी पहिलो चार विकेट लिन सफल रहे। आसिफ आउट भएपछि नेपालले लगातार दुई महत्वपूर्ण खेलाडी गुमायो। कप्तान रोहित पौडेल १ रनमा र दीपेन्द्र सिंह ऐरी २ रनमा नदिम कै बलमा आउट भए।

यो छनोटमा ब्याटिङमा जम्न नसकेका युवा ब्याटर कुशल मल्लले टी-ट्वान्टी आईमा १ हजार रनको सफलता प्राप्त गरे। ओमान विरूद्ध ४ रन जोडेपछि उनले १ हजार रन पुरा गरेका हुन्। नेपालको लागि टी-ट्वान्टी आईमा १ हजार रन प्रहार गर्ने उनी पाँचौं नेपाली खेलाडी हुन्। उनले टी-ट्वान्टी आईमा १ शतक र ४ अर्धशतक बनाएका छन्। तर मल्ल आज पनि क्रिजमा टिक्न सकेनन्। मात्र ७ रन जोडेर चौथो विकेटको रूपमा आउट भए। उनलाई पनि नदिमले नै पबिलियनको बाटो देखाए। कुशल आउट हुँदा नेपालले ११ ओभर ४ बलमा ८१ रन बनाएको थियो।

क्रिजमा टिकेका ओपनर कुशल भुर्तेलले ३८ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक बनाए। उनको यो टी-ट्वान्टी आईमा १३ औं अर्धशतक हो। कुशलले आदिल आलमसँग मिलेर पाँचौ विकेटको लागि ४० रनको साझेदारी गरे। १६ रन जोडेका आदिल ठुलो सट खेल्ने क्रममा सुफयान मोहम्मदको बलमा क्याच आउट हुन पुगे। यतिखेल नेपालले ५ विकेट गुमाउँदा १ सय २१ रन बनाएको थियो। यसपछि जितेन रामानन्दीले कुशल भुर्तेललाई आउट गर्दै ठुलो विकेट लिए। कुशलले ५१ बल खेल्दै ७ चौका र १ छक्का सहित ६९ रनको उत्कृष्ट पारी खेले।

यो खेलमा पनि गुल्सन झाले आफ्नो भुमिका निभाए। १० बलमा दुई पावरफुल छक्का सहित १८ रन बनाउँदै मेहमुदको बलमा पबिलियन फर्किए।

बलिङमा नदिम खान नायक बने। ४ ओभरमा २० रन खर्चेर नेपालको सुरूवाती ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रामानन्दीले समान २ विकेट लिए।

नेपाल र ओमान यो खेल अगाडि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्व कपमा छनोट भैसकेका छन्। नेपाल र ओमान दुवैसँग समान ६ अंक रहेको छ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.