default_image

8 years ago

July 6, 2017

रत्नजितलाई एकल उपाधि

187 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकल खुलातर्फ उपाधि जितेका छन् । बुधबार भएको फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई पराजित गर्दै उपाधि जितेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्डहलमा भएको फाइनल खेलमा रत्नजितले २१–११, २१–१४ को सोझो सेटमा पराजित गरे ।

सेमिफाइनल खेलमा भारतका अञ्जन बुरागाईंलाई २१–१०, २१–१० को सोझो र सहज सेटमा पराजित गर्दै रत्नजितले फाइनल यात्रा तय गरेका थिए । यस्तै नवीनले पाकिस्तानका मुराद अलीलाई २१–१८, २१–१३ ले पराजित गरेका थिए ।

श्रीलंकाकी दिल्मीले जितिन महिला एकल उपाधि

श्रीलंकाकी दिल्मी दियसले जितेकी छन् । श्रीलंकाको यू–१७ उमेर समूहकी नम्वर एक खेलाडी दियसले त्रिभुवन आर्मी क्लबकी नङसलदेवी तामाङलाई उपाधि जितेकी हुन् ।

पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेकी दियसले दोस्रो सेट पनि २१–१५ ले जित्दै नेपाल बसाइँलाई अविस्मरणीय बनाइन् ।

सेमिफाइनलमा नङसलले आर्मीकै अनु राईलाई २१–११, २१–१८ लाई पराजित गरेकी थिइन् भने दिल्मीले एपीएफ क्लबकी सुनैना मुखियालाई २१–६, २१–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी थिइन् ।

पुरुष डबल्सको उपाधि पाकिस्तानलाई

पुरुष डबल्स खुलातर्फको उपाधि पाकिस्तानले जितेको छ । फाइनलमा भारतका जुम्ल्याहा दाजुभाइ अञ्जन र रञ्जन बुगोंईलाई पराजित गर्दै पाकिस्तानका अजिम सरवार र मुराद अलीको जोडीले उपाधि जितेको हो । खेलको सुरुदेखि नै दबाब बनाएको पाकिस्तानी खेलाडीले २१–१६, २१–१५ को सेटमा उपाधि जिते ।

अजिम सरवार र मुराद अलीको जोडी सेमिफाइनलमा नेपाल पुलिसका दिपेश धामी र विष्णु कटवालको जोडी २१–१६, २१–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतीय दाजुभाइले त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी २१–१४, २१–१४ ले पराजित गरेको थियो ।

विशाल खड्काको सहज जित

प्रतियोगिताअन्तर्गत पुरुष एक्जुकेटिभ एकलतर्फ कामना विकास बैंकका विशाल खड्काले सहज जित हात पार्दै उपाधि जितेका छन् । खड्काले फाइनलमा लाइफ फर्माका गणेश रायमाझीलाई २१–१८, २१–१३ ले हराउँदै उपाधि आफ्नो बनाए ।

मंगलबार भएको सेमिफाइनल खेलमा विशालले एभरेस्ट फुडका विश्वास नेपाललाई १७–२१, २१–११, २१–१९ को सेटमा पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका थिए । यस्तै गणेशले ग्रिन डेभलपमेन्ट बैंकका विवेक जीसीलाई २१–१८, २१–१४ को सोझो सेटमा पराजित गरेका थिए ।

वीरेन्द्र र श्यामको जोडीलाई उपाधि

पुरुष कर्पोरेट डबल्सतर्फ लाइफ फर्माका वीरेन्द्रसिंह विष्ट र स्पिड इनर्जीका श्याम पराजुलीको जोडीले उपाधि जितेका छन् । वीरेन्द्र र श्यामको जोडीले सिल्क किचेनका दीप आचार्य र नेपाल फुड्सका पंकज केएस ज्ञवालीलाई प्रतिस्पर्धात्मक २१–१३, १४–२१, २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।

सेमिफाइनलमा वीरेन्द्र र श्यामको जोडीले पनिनीका भूमिबहादुर गुरुङ र कर्णबहादुर शाहीको जोडीलाई २५–२३, २१–१७ को सेटमा हराएका थिए भने । दीप आचार्य र पंकज केएस ज्ञवालीको जोडीले एलबीबीका दिलीप गौचन र लक्ष्मी बैंकका जीवनप्रकाश लिम्बूको जोडीलाई २१–१६, २१–११ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

विशालद्वयको जोडी च्याम्पियन

पुरुष एक्जुकेटिभ डबल्सतर्फ बैदाम केबलका विशाल बस्नेत र कामना विकास बैंकका विशाल खड्का च्याम्पियन बनेका छन् । फाइनलमा आरएस कन्स्ट्रक्सनका रजिन खड्का र ग्रिन डेभलपमेन्ट बैंकका विवेक जीसीलाई २१–११, २१–१७ को सोझो सेटमा पराजित गर्दै विशालद्वयको जोडी च्याम्पियन बनेको हो ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा विशालद्वयको जोडीले कृषिका विकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–१८, २१–७ को सेटमा हराउँदै उपाधि नजिक पुगेका थिए । रजिन खड्का र विवेक जीसीको जोडीले एनई फुडका पंकज केएस ज्ञवाली र एभरेस्ट फुडका विश्वास नेपाललाई १२–२१, २१–११, २१–१८ को सेटमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

हरेक विधाका विजेता खेलाडीलाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो स्थान हासिल गर्नेलाई आधा तोला सुनको सिक्का, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता खेलाडीलाइ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाली सेनाका उपरथि देवकुमार सुवेदी, सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनाल, अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, अन्नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत सञ्जयचन्द्र बस्नेत, अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक युवराज घिमिरे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्का प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका तीन सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म तथा इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता आयोजना भएको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.