10 years ago
December 17, 2015
ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु ,जसका कारण अमृत चौधरी , रञ्जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, योगेश गुरुङ, नविन लामा , नवयुग श्रेष्ठ जस्ता नयाँ अनुहार ले मौका पाउने छन ।
यि मद्धे नबिन , अमृत , हेमन र योगेशले मौका पाए पहिलो पल्ट आफ्नो देशको लागी प्रतिस्पर्धी खेलमा देखा पर्ने छन ।
करिब २ महिना भन्दा लामो प्रशिक्षणमा नेपाली टोलीले ओजेम्सबाट नयाँ रणनीति र तरिका हरु त सिके तर प्रशिक्षण मैदानको त्यस रणनीति लाई वास्तविकतामा उतार्न भने पाएका छैनन ।
ढिलै भए पनि बंगलादेश बिरुद्धको यस खेलले खेलाडी हरुलाई थोरै भए पनि खेल मैदानमा एक आपसलाइ बुज्न र मैदानमा सेट हुन केहि मौका पाउने छन् ।
साफको सहभागी भएकै नाताले पनि बंगलादेश बिरुद्धको खेल नतिजा र प्रदर्शनले नेपाल बाटके आशा गर्न सकिन्छ भनेर अनुमान लगाउन सकिन्छ ।
फर्म र हेड टु हेड
करी २० खेलमा भिडेको नेपाल र बंगलादेश को खेल हरुमा अधिकतम खेल नेपालले जितेको छ . ५ खेल बंगलादेशले जितेको छ , २ खेल बरबारी मा समाप्त भएको छ भने १३ खेल नेपालले जितेको छ ।
तर हालको फर्म हेर्ने हो भने नेपालले अघिल्लो साफमा भरात बिरुद्ध गरेको गोल नै नेपालकोलागि पछिल्लो गोल हो । बंगलादेशले भने अष्ट्रेलिया जस्तो कठिन प्रतिद्वन्द्वीको सामाना गर्दै आफ्नो खेल निखार्दै आएको छ ।
२०१५ मा १० खेल खेली सकेको बंगलादेशको टोलिमा अनुभवको पक्कै पनि कुनै कमि छैन भने नया अनुहारको साथमा उत्रने नेपाली टोलिमा एक्ष्पोजरको कमि छ । त्यसैले पनि यो खेललाइ जितको निम्ति भन्दा पनि अनुभवको निम्ति खेल्न जरुरि छ ।
खेल समय
यो मैत्रीपूर्ण खेल बंगलादेश समय अनुशर ठिक ५ बजे खेलिने छ जुन नेपाली समय ४:४५ मा सुरु हुने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]