10 years ago
December 20, 2015
भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
२०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , सह–सचिवमा नारायण भट्ट, कोषाध्यक्षमा सृजना गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा चित्र बहादुर गुरुङ , बिकास कार्की , दिपक अधिकारी , दिपक कोईराला , सुमन सापकोटा , सन्तोष श्रेष्ठ , सरोज रेग्मी , सरिता पन्त , अनिसा गुरुङ , सबिना कार्की र बिजय कोईराला पनि चयन भएका छन् यस्तै १० औ वार्षिक साधारणसभाले समाजसेवी विमलसिंह ठकुरीलाई संरक्षकको जिम्मेवारी दिएको छ । साधरणसभामा क्लबको प्रतिवेदन रामहरी सेढाई, आर्थीक प्रतिवेदन नारायण भट्टले प्रस्तुत गरेका थिए । साधरणसभामा क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने करिब दुई सय जनालाई सम्मान गरिएको थियो ।
क्लबले शिवरात्रिको अवसर पारेर फागुन २३ गतेदेखि पदमोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्दैछ । भारत, बंगलादेश, भुटान सहित नेपाल प्रहरी क्लब, त्रिभुव आर्मी क्लब, शशस्त्र प्रहरीको एपिएफ क्लब सहभागि हुदैछन् । साधरणसभाको उद्घाटन गर्दै चितवन क्षेत्र नम्बर ४ का सांसद रामकृष्ण घिमिरेले यूवालाई खेलकुदप्रति जागरण ल्याउन क्लबले महत्वपुणै भुमिका खेलेको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]