7 years ago
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल बक्सिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कुसुमले हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप खेल्ने बताएको हो ।
चार महिना अघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकले स्वर्ण जितेका कारण उनीसँग पराजित भएपनि ¥याङकङिको आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएको संघका सदस्य श्याम अवालेले बताए ।
कुसुम राखेप च्याम्पियनसिपको च्याम्पियन पनि हुन् । खेलाडी कुसुमले निरन्तर प्रशिक्षण भएका कारण नेपालका लागि पदक जित्ने लक्ष्य रहेको बताए ।
खेलाडीलाई बिदाई गर्दै संघका अध्यक्ष राम अवालेले पदक आफ्नो ठाउमा रहेको र सकेसम्म राम्रो खेल्दै दुई÷चार बाउट जितको लागि शुभकामना दिए । उनले एसियाडका लागि नेपाली बक्सिङ टोली भोलि जाकर्ता पुग्ने बताए । ‘एसियाडमा बक्सिङबाट नेपालले पदकको अपेक्षा गरेको छ । नेपाली टोलीले करिव दुई महिना वैदेशिक प्रशिक्षणको मौका पाएको छ । म थाइल्यान्ड बक्सिङ एसोसिएसनलाई विशेष धन्यवाद दिन चाहान्छु, किनभने एसोसिएसनले नेपाल बक्सिङलाई धेरै सहयोग गरेको छ ।’ अध्यक्ष अवालेले भने, ‘एसियाड पछि १३ औं सागमा स्वर्णपदक र टोकियो ओलम्पिकका लागि छनोट भएर ओलम्पिक खेल्ने तयारीमा लाग्नेछौं ।’

कुसुम र टिम व्यवस्थापक पुस्कर राज पन्त आज साँझ हंगेरी प्रस्थान गर्नेछ । च्याम्पियनसिप २२ अगस्टबाट ३१ सम्म हुनेछ । कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । उनको तौलसमूहमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने जनाएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]