10 years ago
February 18, 2016
काठमाडौँ , फागुन ६ वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) नेपालको आयोजनमा शुक्रबारबाट दोस्रो नेपाल राष्ट्रिय तथा पहिलो अन्तर्रा्ष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा बाहिरी राष्ट्रसहित नेपालका सेलेक्टेड करिब १० जना खेलाडी, प्रशिक्षक तथा अफिसियलको सहभागिता रहनेछ । एकल स्पारिङ्ग र एकल प्याट्रन विधामा विभिन्न उमेर, बेल्ट र तौल समूहका महिला तथा पुरुष दुवैको गरि १ सय ५ खेलाडीले सहभागिता जनाउने वाइटो नेपालका अध्यक्ष रेवत रानाले जानकारी दिए । होटल हार्दिक, बागबजारमा हुने प्रतियोगितामा नेपालसहित भारत, चीन,जापान,हङकङ्, मलेसियाको खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पनि अध्यक्ष रानाले जनाएका छन् ।
त्यस्तै फागून ८ गते शनिबारको दिन वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) बोर्ड बैठक काठमाण्डौं हुने छ । विश्वभरी तेक्वान्दो खेलको अभ्यास गर्ने सबैलाई एउटै साझा प्लाट्फर्ममार्फत प्रशिक्षित गर्ने, सेमिनार, गोष्ठि तथा प्रतियोगिताको आयोजना गर्ने र सम्पूर्ण तेक्वान्दोकर्मीहरुलाई व्यवसायिक तेक्वान्दोको लागि एकीकृत ढंगले संगठित गर्ने उद्देश्यले स्थापना भएको वाइटो संस्थाको यस बोर्ड बैठकमा संस्थाका अध्यक्ष सिनियर मास्टर श्री च्योङ्ग क्वि सेङ्ग सहित चिन, भारत, हङ्गकङ्ग, मलेशिया, जापान, र नेपाल गरी ६ राष्ट्रका पदाधिकारीहरु सहभागी रहनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]