default_image

7 years ago

August 27, 2018

एसियाड १०औं दिनः नेपाललाई पदक दिलाउने तेक्वान्दो, कराते र बक्सिङ पदकविहीन

217 views

0 Bookmark

जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ ।

तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै सोमबार पदकविहीन बन्न पुगेको हो । एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको छ ।

सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८–० ले पराजित भए । महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कास्य पदकका लागि भिडेपनि चुकिन् । सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासाग ९–० ले पछि परिन् । पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी थिइन् ।

पहिलो चरणमा भने अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा अनु ताइपेईंकी सियाउसुङ गुसंग ५–१ ले निराश हुनु प¥यो । सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपाचे खेल्ने अवसर पाएकी हुन् । एसियाली खेलकुदको १० औं दिनसम्म आइपुग्दा कुनै दुई खेलमा जित हात पार्ने अनु पहिलो नेपाली खेलाडी बनिन् । सियाउसुङले उक्त स्पर्धाको स्वर्ण पदक जितिन् । करातेका अन्य दुई खेलाडी चञ्चला दनुवार र रीता कार्की पनि पदक नजिक पुगेर चुकेकी थिइन् ।

बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई ताइपेईंका चियावेइ कानले ५–० ले पराजित गरे ।

टेबलटेनिसः
टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रालाई निरन्तरता दिएको छ । पुरुषमा नेपाल दक्षिण कोरियासंग ३–० तथा लाओससंग ३–१ ले पराजित भयो । महिलामा नेपाल हङकङ र भियतनामसँग समान ३–० को सोझो सेटमा पराजित भयो ।

सेपाकताक्रोः रेगुमा चुनौती समाप्त
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । सोमबार नेपाल भारतसंग २–० ले पराजित भयो । त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

प्लाराग्लाइडिङ
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ । नेपाल अघिल्ले दिन तेस्रो स्थानमा थियो । आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन् । सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ । जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन् । पाँचौं चरणसम्म हुने प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ ।

स्क्वासः
नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३–० को नजितमा पराजित भयो । पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ ।

एथलेटिक्सः सोमबहादुरको कीर्तिमान, सरस्वतीले समय सुधारिन्
धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा २३ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् ।  इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार भएको दौडमा उनले १ मिनेट ५०.२५ सेकेन्डमा दूरी पार गर्दै धनीराम चौधरीले सन् १९९५ को साफ गेम्समा बनाएको कीर्तिमान भंग गरेका हुन् । धनीरामले १ मिनेट ५०.६० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए । सोमको नाममा गतवर्ष भारतको भुवनेश्वरमा भएको एसियन च्याम्पियसिपमा १ मिनेट ५२.५६ सेकेन्डको समय रहेको थियो ।

सोमबहादुर कुमाल । फाइल तस्बिर

नेपालकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन् । सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.