7 years ago
August 28, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं संस्करणको एसियन गेम्सको आज ११औं दिन सकिएको छ । ११औं दिनसम्म पनि नेपाल पदकविहीन बनेको छ । एसियाडको १०औं दिन नै यसअघिका एसियन गेम्समा पदक जितेका तेक्वान्दो, कराते र बक्सिङको चुनौती सकिएको थियो । एसियाड सकिने संघारमा रहँदा नेपाल पदकविहीन हुने हो कि भन्ने अड्कल काटिरहँदा मंगलबार प्याराग्लाइडिङले केही खुशी दिएको छ ।
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरणको खेल सकिदा नेपाल दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको छ । बुधबार अन्तिम दिन यही प्रदर्शनलाई निरन्तरता दिन सके नेपालले जारी एसियाडमा पहिलो पदक जित्नेछ । र नेपाललाई पदकविहीन हुनबाट जोगाउनेछ ।
टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ । नेपालको कुल २७ सय ९८ अंक छ । पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक पुगेको छ । २१ सय ९२ अंकमा दक्षिण कोरिया तेश्रो स्थानमा छ । सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ । नेपालको २ सय १६ अंक छ । दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन् ।
कुराँसमा चुनौती समाप्त
भदौ १२ गते । इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत कुराँसमा नेपालको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे । महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।
सेपाकताक्रोः नेपाल पराजित
सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो । पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौती समाप्त भएको छ ।
स्केटबोर्डः नेरिश १५ औं
स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५ औं भएका छन् । १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५ औं भएका हुन् ।
स्क्वासः
नेपालले पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअद्धि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।
एथलेटिक्स: विश्वरुपा १३ औं
नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन् ।
भलिबल: नेपालको जित
पुरुष भलिबलको १२ देखि १८ औं स्थानको ¥याङकिङ निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित ग¥यो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]