7 years ago
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ ।

प्रतियोगिता शुरु हुन अब मात्रै चार दिन बाँकी छ । साफ सुजुकी कप नजिकदिदै गर्दा सहभागी सबै सात राष्ट्रले आफ्नो तयारीलाई तीब्रता दिएका छन् । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ ।
नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । यू–२३ टोली एसियाडमा तीन खेल गुमाएर फर्के लगत्तै प्रशिक्षणलाई निरन्तरता दिएका छन् । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन सहायक प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् ।
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता सार्क कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।
तेस्रो साफ गोल्डकपमा नेपालको प्रर्दशन
तेस्रो संस्करणको साफ गोल्डकप नेपालले आयोजना गर्ने अधिकार पाएको थियो । ६ राष्ट्र सहभागी प्रतियागिता काठमाडौंमा ४ देखि १३ सेप्टेम्वरसम्म दशरथ रंगशालामा आयोजना भएको थियो ।
घरमै आयोजना भएको साफ गोल्डकपमा नेपालको प्रदर्शन निकै कमजोर बन्यो । समूह ‘ए’ रहेको नेपाल दुई हारसहित पुछारमा रह्यो । ४ सेप्टेम्वरमा नेपाल पाकिस्तानसँग २–० ले तथा ८ सेप्टेम्वरमा श्रीलंकासँग ३–१ ले पराजित हुन पुग्यो । नेपालका लागि एकमात्र गोल दीपक अमात्यले गरेका थिए । उनले अघिल्लो साफमा पनि गोल गरेका थिए ।
यो संस्करणमा भारत च्याम्पियन बन्न सफल भयो । समुह चरणमा २–२ गोलको बराबरी खेलेपनि भारतले फाइनलमा मल्दिभ्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै दोस्रोपटक साफ गोल्डकप जित्न सफल भयो । पहिलो संस्करण जितेको भारत दोस्रो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।
चौथो साफ गोल्डकपमा नेपालको प्रदर्शन
दक्षिण एसियाली फुटबलमा आफुलाई शक्तिशाली टोलीको रुपमा उभ्याएको भारतले चौथो साफ गोल्डकप आयोजना गर्दै तेस्रोपटक साफ गोल्डकप जित्न सफल भयो ।

गोल्डकप भारतको गोवामा अप्रिल २२ देखि १ मे सम्म भएको थियो । नेपालले यो संस्करणमा निकै राम्रो फुटबल खेल पस्केको थियो ।
समूह ‘बी’ रहेको नेपालले समुह चरणको पहिलो खेलमा नरेश जोशीको ह्याट्रिक मद्दतमा श्रीलंकालाई ३–२ ल पराजित गर्दै सुखद शुरुवात गरेको थियो । चौथो मिनेटमा नरेश जोशीको गोलबाट अग्रता लिएको नेपाल २४औं मिनेटमा २–१ ले पछि परेको थियो । तर, त्यसपछि नरेशले उच्च प्रदर्शन गर्दै थप दुई गोल गरेपछि नेपाल ३–२ ले विजयी हुन सफल भएको थियो ।
माल्दिभ्सविरुद्धको खेलमा भने नेपाल ३–२ ले नै पराजित हुन पुग्यो । यो खेलमा नेपालका लागि हरि खड्काले दुई गोल गर्न सफल भएका थिए । पराजित भएपनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो ।
२–० ले पछि परेको अवस्थामा बालगोपाल महर्जनले एक गोल गर्दै नेपालको आशा जगाएको थियो । तर, त्यसपछि नेपालले गोल फर्काउन नसक्दा सेमिफाइनलमा रोकियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल मालिदभ्ससँग २–० ले पराजित हुन पुग्यो ।
भारतले फाइनलमा बंगलादेशलाई २–० ले पराजित गर्दै तेस्रोपटक साफ गोल्डकप जित्न सफल भयो । समान ३ गोल गरेका नरेश जोशी र भाइचुङ भुटिया संयुक्त रुपमा गोल्डकपको सर्वाधिक गोलकर्ता भए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]