default_image

7 years ago

September 3, 2018

क्लब फुटबलमा ७ नम्बर लगाउने उत्कृष्ट खेलाडीहरु

205 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा चर्चित खेलाडी लुईस फिगो, राउल, बेबेटो, गर्रिन्चा, जर्ज बेस्ट, एरिक केन्टोना, डेभिड ब्याकम र ब्र्यान रोब्सन लगायत खेलाडीमा एकै समानता छ । फुटबलमा ७ नम्बरमा जर्सी लगाउने फुटबलहरुको सुचिमा यी नाम जोडिएका छन् । इतिहासलाई हेर्ने हो भने फुटबलमा जर्सी नम्बर ७ राइट विंगरले लगाउने चलन थियो । तर समयको परिवर्तनसंगै यो चलन समेत बदलिंदै आएको छ ।

भर्खरै मात्र रियल छाडेर जुभेन्ट्स गएका रोनाल्डोको जर्सी नम्बर ७ रियलले मरियानो लाई दिएको छ। तर रियलका धेरै समर्थक यो निर्णयबार सन्तुष्ट छैनन् । यी हुन् क्लब फुटबलमा ७ नम्बर जर्सी लगाउने ५ उत्कृस्ट खेलाडीहरु :

५) एन्गोलो कान्टे (चेल्सी) :

चेल्सीका डिफेन्सिभ मिडफिल्डर कान्टे नम्बर ७ जर्सी लगाउने उत्कृष्ट खेलाडी मध्येका एक हुन । सन् २०१५/१६ को सिजनमा लेस्टर सिटिले प्रिमियर लिग जित्दा कान्टे त्यस टोलीका महत्वपूर्ण सदस्य थिए । उनी लेस्टरमा जर्सी नम्बर १४ लगाउने गर्थे । तर चेल्सीमा आएसंगै उनले आफ्नो जर्सी नम्बर समेत ७ मा परिवर्तन गरे । कान्टेले फ्रान्सबाट जर्सी नम्बर ७ प्रयोग नगरेपनि उनले त्यहाँ प्राप्त नगरेको केहि सफलता छैन । सन् २०१८ मा विश्वकप जित्दा फ्रान्सका महत्वपूर्ण खेलाडी कान्टे चेल्सीका लागि प्रिमियर लिगमा समेत उति नै सफल रहेका छन् ।

४) फिलिप कोउटिन्हो (बार्सिलोना) :

यहिबर्षको जनवरीमा बार्सिलोना आएका कोउटिन्होलाई सुरुवातमा जर्सी नम्बर १४ दिइएको थियो । तर अार्डा टुरानले क्लब छाडेपछि कोउटिन्होले ७ नम्बर लिएका हुन् । बार्सिलोनामा यसअघि लुईस फिगो, डेभिड भिल्ला, पेड्रोले ७ नम्बर जर्सी लगाएका छन् । ब्राजिलियन कोउटिन्हो यी सबै खेलाडीभन्दा फरक रहेका छन् र आफुले खेलेका २२ खेलमा १० गोल गरिसकेका छन् । यो सिजनसमेत बार्साले उनीबाट धेरै अपेक्षा राखेको छ । बार्सिलोनाका समर्थकहरु समेत मेस्सी र कोउटिन्होको जोडी देखेर खुशी छन् । यस सिजन इनिएस्टाको अभाव महसुस हुन नदिन कौटिन्होको भूमिका अहम रहने छ ।

३) किलियन एम्बाप्पे (पिएसजी) :

एम्बाप्पे विश्व फुटबलका पछिल्लो समयका धेरै चलेका युवा खेलाडी हुन् । यो सिजन पेरिस सेन्ट जर्मनले उनलाई ७ नम्बर जर्सी समेत दिएको छ। टोटनह्याममा जानु अघि लुकास मौराले यो जर्सी नम्बर प्रयोग गरेपनि हाल यो नम्बरको जर्सी एम्बाप्पेलाई दिइएको छ । विश्वकप फुटबल २०१८ मा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे आफ्नो शातिर दिमाग र गतिका लागि चिनिने गर्छन् । गत सिजन ४४ खेल खेल्दै एम्बाप्पेले पिएसजीका लागि २१ गोल गरेका थिए। रुसमा सम्पन्न विश्वकप फुटबलमा उनी उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका थिए ।

२) एन्टोइन ग्रिजमेन (एटलेटिको म्याड्रिड) :

सन् २०१४/१५ को सिजनमा एटलेटिको म्याड्रिड आएका ग्रिजमेन त्यसयता सम्मानित जर्सी नम्बर ७ प्रयोग गर्दै आएका छन् । आफ्नो देश फ्रान्सका लागि खेल्दा ७ वा ११ नम्बर जर्सी लगाउने ग्रिजमेन गत वर्षदेखि लगातार ७ नम्बर जर्सीमा देखिएका छन् । बायाँ खुट्टामा धेरै कला भएका फुटबलरका रुपमा ग्रिजमेनलाई लिने गरिन्छ । पछिल्लो सिजन ग्रिजमेनले ४९ खेल खेल्दै म्याड्रिडका लागि २९ गोल गरेका थिए । म्याड्रिड आएपछिका हरेक सिजन ग्रिज्मेनले २५ भन्दा धेरै गोल गरेका छन् । यसै कारणले पनि उनलाई ७ नम्बर जर्सी लगाउने उत्कृष्ट खेलाडीहरु मध्ये एक मानिन्छ ।

१) क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स) :

सायदै ७ नम्बर लगाउने हालसम्मकै उत्कृष्ट खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । केहि समाचारहरु अनुसार उनि स्पोर्टिङबाट युनाइटेड आएपछि पनि उनको पुरानो क्लबकै जर्सी नम्बर (२८) प्रयोग गर्न चाहन्थे । तर डेभिड बेक्ह्यामले क्लब छाडेपछि खाली रहेको जर्सी नम्बर ७ उनलाई दिइएको थियो । युनाइटेडबाट रियल पुगेपछि रोनाल्डोले आफ्नो जर्सी नम्बर समेत ७ नै कायम राखे। रोनाल्डो अघि रियलमा ७ नम्बरको जर्सी राउलले लगाउने गर्दथिए । एक सिजन रोनाल्डोले ९ नम्बर लगाए । रियल छाडेर अहिले युभेन्ट्स पुगेका रोनाल्डोले त्यहाँ समेत ७ नम्बर जर्सी नै प्रयोग गरिरहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.