7 years ago
September 4, 2018
प्रकाश तिमल्सिना
ढाका – डिफेन्डर सुमन अर्यालले साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सुमन लेफ्ट डिफेन्समा खेल्ने गर्छन् । उनले राष्ट्रिय टोलीमा पनि सोहि भूमिका निर्वाह गर्ने छन् । रविन श्रेष्ठ चोट बोक्दै प्रतियोगिताबाट बाहिरए पछि उनले खेल्न पाएका हुन् । उनले उमेर समूहको यू-१४, यू-१६, यू-१९ र यू-२३ मा खेलिसकेका छन् । नेपालले गतवर्ष यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा पनि उनको प्रदर्शन राम्रो रहेको थियो ।
साफ च्याम्पियनसिपमा नेपालले अहिले सम्म पाकिस्तानसँग ६ पल्ट प्रतिस्पर्धा गरेको छ । जसमा २ खेल जित र १ हार बेहोरेको नेपालले ३ खेलमा बराबरी गरेको छ । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली फुटबल टोली सुरुवाती- ११
गोलकिपर – किरण चेम्जोङ
रक्षक – विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी
मिडफिल्ड – विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]