7 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ ।
एन्फाले आइबार विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा रहेका नेपाली समर्थकलाई धन्यवाद ज्ञापन गरेको हो । शनिबार बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा पनि नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
ढाकामा नेपाली प्रसंशकको समर्थनले नेपाली टिमका खेलाडीलाई निकै ठुलो प्रेरणा र उत्साह मिलेको बताउदै सेमिफाइनल खेलमा पनि यस्तै समर्थनको अपेक्षा एन्फाले राखेको छ ।
नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार घरेलु टोली बंगलादेशलाई २–० ले पराजित गरेको थियो । नेपालले २७ भदौमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।
समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो आज लाग्नेछ । आज भारत र माल्दिभ्सबीच खेल हुदैछ ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समुह विजेताको रुपमा नेपाल सेमिफाईनल प्रवेश गरेको छ । एन्फाले सेमिफाईनलको खेलमा समेत नेपाली खेलाडीको समर्थनमा सम्पुर्ण फुटबल प्रशंसक र समर्थकको उपस्थितीको अपेक्षा राखेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]