10 years ago
February 26, 2016
काठमाडौं, फागुन १५
आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधि हात पारेको छ ।
शुक्रबार लगनखेलस्थित आर्मीको सैनिक तालिम केन्द्रमा भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो । आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।

प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा पुलिस आर्मीसँग २५–१९, २५–१३ र २५–२१ ले निरास बन्यो । जितसँगै आर्मीले तीन लाख नगद प्राप्त ग¥यो । उपविजेता बनेको पुलिसले १लाख ५० हजारमा चित्त बुझायो । तेस्रो बनेको आर्मीको बी टिमले ७५ हजार पायो ।
आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै आर्मीकै मान बहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, आर्मीकै इश्वर थापा, डिफेन्डर, आर्मीकै भैरव बम ब्लकर घोषित भए । यस्तै पुलिसका एम बहादुर राना उत्कृष्ट लिफ्टर तथा आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १०–१० हजार प्राप्त गरे । सर्वाेत्कृष्ट बनेको आर्मीका धन बहादुर भट्टले एक थान मोटरसाइकल प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, नेपाल भलिबल संघका अध्यक्ष दान बहादुर तामाङ लगागातले पुरस्कृत गरेका थिए ।
जितपछि आर्मी क्लबका प्रशिक्षक कपिल किशोर श्रेष्ठले राम्रो सुरुआत भएको प्रतिक्रिया दिए । खेल बराबरीकै भएपनि आर्मीको ब्लक र स्पाइकमा राम्रो देखिदा विपक्षी टिमको भने सेट नमिलेको जस्तो देखिदा अनुभवी पुलिसविरुद्ध जित निकाल्न सकेको बताए ।
पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले ओपन स्पाइकर घाइते हुदा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको बताए । फाइनल खेलमा मुख्य चार खेलाडीहरु घाइते हुदा आर्मीविरुद्ध हारेपनि पुलिसको गेम खस्किनसकेको प्रतिक्रिया दिए ।
समापनका अवसरमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथुलाई जनही ५० हजारसहित सम्मान गरिएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]