7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सले नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबिएल) र पञ्चकन्याको साथ पाएको छ ।

शनिबारबाट सुरु हुन लागेको ‘ए’ डिभिजन लिगका लागि ललितपुर कुपोन्डोलको फ्रेन्डस् क्लबले शुक्रबार एनआईबीएलसँग मुख्य प्रायोजक तथा पञ्चकन्यासँग सह–प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा क्लबका अध्यक्ष राजीव पौडेल र बैंकका महानिर्देशक विजेन्द्र सुवालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार मुख्य प्रायोजक बैंकले क्लबलाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । त्यस्तै क्लबले सह प्रायोजकको रुपमा पञ्चकन्या ग्रुपसँग समेत सम्झौता गरेको छ । सहमति अनुसार पञ्चकन्याले क्लबलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रयोजक र सह प्रायोजकसँगको सम्झौता लिग अवधिभर हुने क्लबका अध्यक्ष राजीव पौडेलले जानकारी गराए । बैंकले यसअघि पनि क्लबलाई मुख्य प्रायोजन गरेको थियो । सम्झौताकै अवसरमा क्लबले कप्तान धिरज श्रेष्ठलाई जर्सी हस्तान्तरण गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]