7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्रोडकाष्टिङ पार्टनरको रुपमा शुक्रबार एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको छ ।
एन्फाले ३ वर्षका लागि एपीवानसँग १ करोड पाँच लाखमा ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै एपीवानले पहिलो वर्ष ३० लाख एन्फालाई बुझाउने छ । दोस्रो वर्ष ३५ लाख र तेस्रो वर्ष ४० लाख बुझाउनेछ । यससँगै पल्सर सहिद स्मारक ‘ए’ डिभिजनका सबै ९१ खेलहरु एपी वानबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
एन्फाले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माईकुजुसँग यसअघि नै सम्झौता गरिसकेको छ । ‘ए’ डिभिजन लिग शनिबारबाट सुरु हुँदै छ । उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच दिउसो ३ बजेपछि शुरु हुदैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]