7 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा एनआरटीका रोजित पुडासैनीले १२औं मिनेटमा गोल गर्दै खेलमा शुरुवाती अग्रता बनाउन सफल भएका थिए ।
खेलमा आर्मीले दवाव सिर्जना गरेपनि १२औं मिनेटमा प्राप्त कर्नरमा निशान लिम्बुको पहिलो प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाएपनि रोजितले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।
तर, आर्मीले ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबबरी गोल गर्न सफल भयो । एनआरटीका खेलाडीले डि–बक्समा ह्यान्ड गरेपछि आर्मीले पेनाल्टीको मौका पाएको थियो । जसमा सन्तोष तामाङ चुकेनन् ।
त्यसअघि आर्मीका नवयुग श्रेष्ठले खेलको चौथो मिनेटमा फितलो प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै बचाएका थिए । १९औं मिनेटमा कप्तान भरत खवासले डि–बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार बाहिरिएको थियो ।
दोस्रो हाफ केही बेरमा शुरु हुदैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]