7 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ ।
तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो ।
त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको एकपक्षीय खेलको पहिलो सेटमा २५–२० को सहज जित निकाल्दै एपिएफलाई दवाव दएको दोस्रो सेटमा शुरुवाती अग्रता चितवनले लिएपनि एपिएफले उत्कृष्ट पूनरागमन गर्दै ४ अंकको अग्रता लिएपनि विदेशी खेलाडी सम्मिलित चितवनमाथि त्यो अग्रतालाई कायम राख्न सकेन ।
उत्कृष्ट पूनरागमन गरेको चितवनले २५–१७ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा चितवनले २५–११ को सहज जित निकाल्यो । चितवनसँग पराजित भएसँगै एपिएफ यो सिजन पाँचौ उपाधि जित्नबाट चुकेको छ ।
एपिएफले यसअघि शेरबहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप, एनभिए क्लब लिग च्याम्पियनसिप र तीज महोत्सवको उपाधि जितेको थियो । सभामुख कपको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको एपिएफले बाँकी तीन फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई निराश पारेको थियो ।
यसपटक एपिएफले त्यो सफलता हात पर्न सकेन । यसअघि नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित न्यु डायमन्ड एकेडेमीले तेस्रो स्थान हात पारेको छ । उपाधिसँगै चितवनले ६ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख रुपैमा चित्त बुझायो ।
तेस्रो भएको न्यु डायमन्डले १ लाख ५० हजार प्राप्त ग¥यो । विजयी खेलाडीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्ज रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द र आदी आबादी फाउन्डेसेनको सिईयो दिनेश सिंह लगायतले पुरस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]