7 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथन प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक हिमालय स्पोर्ट्स क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हेलम्बु ट्रेल म्याराथन कार्तिक ६ गते हुने जनाकारी गराएको हो ।
प्रदेश नम्वर ३ को सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हुने म्याराथनमा तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा फुल म्याराथन, ५ किमिको खुल्ला दौड र ५ किमिको वाकथान हुने क्लबका अध्यक्ष छिरिङ लामाले जनाकारी गराए । उनले ट्रेल म्याराथन गर्नुको मुख्य उद्देश्य साहसिक खेल पर्याटन प्रवद्र्धन गरी देश विदेशमा हेलम्बुलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्नु रहेको बताए । यस्तै उनले काठमाडौंबाट नजिकै रहेको हेलम्बुमा उच्च र्वितीय खेलकुद तालिम केन्द्रको स्थापना गर्ने तयारीमा रहेको समेत बताए ।
प्रतियोगिताको फुल म्याराथनतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गर्नेछन् । यस्तै दशौं स्थानसम्मका खेलाडीलाई समेत पुरस्कृत गरिने अयोजकले जनाएको छ । प्रतियोगिताको फुल म्याराथनमा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क बुझाउनु पर्नेछ ।
५ किमिको खुल्ला दौड र वाकथनतर्फ एक हजार दर्ता शुल्क लाग्नेछ । सहभागी खेलाडीको यातायात र खान बस्न खर्च आयोजकले बेहोर्नेछ । प्रतियोगितामा ४७० स्वदेशी र ३० विदेशी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]