7 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन महिलातर्फको खेलमा ५ स्वर्ण जित्न सफल भएको छ । ललितपुरमा बुधबार भएको स्ट्रङगेष्ट महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भइन् ।
पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियरतर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल ११२ केजी भार बहन गरिन् । प्रहरीकी सुधा थापाले कास्य पाईन् । उनले स्नाचमा ४७ केजी र क्लिनमा ५२ केजी गरि कुलमा ९९ केजी उचालिन् । सोही विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १०२ केजी भारका साथ स्वर्ण कब्जा गरिन् ।
नेपाल प्रहरीकी संगिता राईले स्वर्ण प्राप्त गरिन् । उनले ४८ केजी तौल समूहमा सिनियर तर्फ नेपाली सेनाकी रिता गुरुङ्गलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १२० केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार बहन गरिन् । यसै समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १०० केजी भार बहन गर्दै स्वर्ण जितिन् । उनले स्नाचमा ४५ केजी तथा क्लिन एण्ड जर्कमा ५५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा डिभाईन फिजिकल फिटनेशकी पल्लभी कुमारी चौधरी रहिन् । उनले स्नाचमा ३५ केजी र क्लिनमा ४२ केजी गरि कुलमा ७७ केजी उचालिन् ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा नेपाल प्रहरीकी देवी कुमारी चौधरीले प्रथम स्थान हात पारिन् । उनले स्नाचमा ६५, क्लिनमा ७५ केजीका साथ कुलमा १४ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १२० केजी उचालिन् । यसै समूहको जुनियर तर्फ बाँकेकी संजु चौधरीले स्वर्ण पाईन् ।
एकल प्रतिस्पर्धा गरेकी उनले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १५३ केजी भार बहन गरिन् । ५८ केजी तौलमा सिनियर तर्फ नेपाली सेनाकी कमला श्रेष्ठ र जुनियर तर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १४० केजी उचालिन् । यस्तै कविताले स्नाचमा ४२ र क्लिनमा ५६ केजी गरि कुलमा ९८ केजी भार बहन गरिन् । यस्तै ६३ केजीको सिनियर तर्फ सेनाकी सारदा चौधरीले स्वर्ण पाईन् ।
एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १२५ केजी भार बहन गरिन् । म्हिला ६९ केजीमा नेपाल प्रहरीकी राज लक्ष्मी थापाले स्वर्ण हात पारिन् । स्नाचमा ६७ केजी र क्लिनमा ८६ केजीका साथ उनले कुलमा १५३ केजी भार बहन गरिन् । यस्तै पुलिसकै जानकी बुढाले १२४ केजीका साथ रजत पाईन् । उनले स्नाचमा ५६ र क्लिनमा ६८ केजी उचालिन् । यसै विधाको जुनियर तर्फ चितवनकी पुजा कुमालले स्वर्ण पाईन् । उनले स्नाचमा ४० र क्लिनमा ४५ केजी गरि कुलमा ८५ केजी उचालिन् ।
७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र सेनाकी मन कुमारी कुमालले रजत पाए । बनले स्नाचमा ६० र क्लिनमा ७८ गरि कुलमा १३८ केजी तथा कुमालले स्नाचमा ५७ केजी र क्लिनमा ७६ केजी गरि १३३ केजी भार बहन गरे । ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ५६ केजी तौलमा नेपाली सेनाका तुलाराम महतोले सेनाकै सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे । महतोले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी गरि कुल १८७ केजी भार बहन गरे । दोश्रो भएका थपलियाले १६१ केजी भार उचाले । उनले क्लिनमा ६८ र स्नाचमा ९३ केजी भार बहन गरे । तेश्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे । उनले स्नाचमा ५० र क्लिनमा ५२ केजी गरि १०२ केजी उचाले ।
जुनियर तर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे । पासवानले स्नाचमा ७६ केजी र क्लिनमा ९० केजी गरि १६६ केजी उचाले । प्रतियोगिताको पहिलो दिन नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा भारोत्तोलनबाट सवै भन्दा बढि पदक दिलाउन सफल ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिल लाल जोशीको स्मृतीमा आयोजना गरिएको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]