default_image

7 years ago

October 5, 2018

पूर्व धर्मश्री महेश्वर अन्तिम चरणमा

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । महेश्वरसँगै उक्त तौल समूहमा मिडवेष्टर्नका विष्णु बि.क., सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामाले अन्तिम चरणमा स्थान बनाएका छन् ।

शहिद तथा ब्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको १५औं संस्करणको अन्तिम चरणको लागि छनोट हुन सफल ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर, फ्लेक्स जिमका सुजन गुरुङ, बुटवल फिटनेशका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन् ।

नेपाल ब्यायाम मन्दिको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेश स्टारका यदु कुमार बिश्वकर्मा, नेपाल ब्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ्ग, ओम फिटनेशका मिन बहादुर चौधरी तथा नेपाल ब्यायाम मन्दिरका आशिष देवाजु पनि छनौट भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए । नेपाल ब्यायाम मनिदरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा २०६९ सलमा आयोजना गरिएको चौथौं मि. हिमालयका विजयी हुन् । यस्तै सोही तौलमा ओम फिटनेशका फिरदोस दापाली हासमी, फिटनेश फस्र्टका रोजिन बज्राचार्य, बुटवल फिटनेशका विजेन्द्र मान श्रेष्ठ, सेप टु ढल्कोका बिवेक बिष्ट, फिटनेश स्टुडियोका सुपेन डङ्गोल पनि छनोट हुन सफल भए ।
७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेश स्टुडियोका बद्रि श्रेष्ठ, ब्रोन्ज फिटनेशका किरण श्रेष्ठ तथा नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठले पनि फाईनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल, रिभर फिल्ड फिटनेशका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

यसैगरि ८० केजी माथिको हेभी वेटमा शंखमुल हेल्थका अमर डङ्गोल, कम्पिल्टि हेल्थ क्लबका अनोज मास्के, फिटनेश स्टुडियोका दिपेश श्रेष्ठ, नेपाल ब्यायाम मन्दिरका मिलन विक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका सौरभ कुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे ।

शुक्रबार भएको प्रिजजिङ चरणबाट आआफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

धर्मश्री बिजेताले नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

२०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.