7 years ago
October 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यू–१७ टोली मैत्रीपूर्ण टी–२० सिरिजका लागि शुक्रबार बंगलादेश प्रस्थान गरेको छ ।
जिएचसिए टोलीलाई राखृपका सदस्य सचिव केशव कुमार विष्ट, पीपीएल क्लब पोखरा पल्टनका प्रमुख विनायक पोखरेल सिजि फुड्सका लाल बाबु प्रसादले बिदाई गरे । मैत्रीपूर्ण सिरिज कक्स बजारमा असोज २० बाट २६ असोजसम्म हुनेछ ।
यस एकेडेमीको टिमले ढाकामा दुई र कक्स बजारमा दुई मैत्रिपूर्ण ट–२० खेलहरु ढाकाको बंगलादेश क्लव क्रिकेट एकेडेमी, स्र्माट कोचिङ एकेडेमी र कक्स बजार क्रिकेट एकेडेमी सँग खेल्नेछ ।
एकेडेमीले यस्ता खालका मैत्रीपूर्ण सिरिजले माथिल्लो स्तरको नेपाली क्रिकेट खेल्नको लागि सहयोग पुग्ने अपेक्षा लिएको छ । जिएचसिएले यसअघि भारत, वंगलादेश र दुवईको सफल भ्रमण गरिसकेको छ ।
सिरिजको विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछ । सिरिजको प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीले आकर्षक पुरस्कार पाउनेछ छ ।
सोही कार्यक्रममो अवसरमा जिएचसिएले खेलाडी सागर ढकाललाई १० हजारसहित सम्मान गरिएको थियो । चार वर्षदेखि जिएचसिएमा रहेका सागरले भारतको लखनउमा भएको चौकोणात्क सिरिज र यु–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जिएससिएले सम्मान गरेको हो ।
जिएचसिए युथ टोली
विशांक सुवेदी (कप्तान), मनिष सिंह, आदित सुवेदी, आर्जन सिम्खडा, आकाश पौडेल, श्रीहान शर्मा, अक्षित नेपाल, नितेश विष्ट, राज बर्मा, प्रसियस सेवेदी, परिक्षित ढकाल र एकनाथ नेपाल ।
कैलाश विष्ट (टिम लिडर)
पुरुषोत्तम झा (प्रशिक्षक)
बिके प्रसाद (म्यानेजर)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]