7 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र नेपाली एपिएफ क्लबकी कान्छी माया कोँजु १२औं संस्करणको काठमाडौं म्याराथनको च्याम्पियन बनेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बिहान भएको म्याराथनमा पुरुषतर्फ होमलालले आफ्नै क्लबका राजन खत्रीलाई पछि पार्दै उपाधि जितेका हुन् । होमलालले निर्धारित दुरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भए । उनको यो व्यक्तिगत राम्रो प्रदर्शन हो ।
दोस्रो भएको आर्मीका राजन खत्रीले २ घन्टा २३ मिनेट ३३ सकेन्डमा पुरा गर्दै दोस्रो स्थान आत पारे । नेपाल पुलिस क्लबका भुमिराज राईले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हात पारे । होमलाल कोर्ष रेकर्ड ब्रेक गर्नबाट २ सेकेन्डले चुके । दुई वर्षअघि भुमिराज राईले २ घन्टा २० मिनेट ४४ सेकेन्डको कीर्तिमान राखेका थिए । च्याम्पियन बनेसँगै होमले ५० हजार रुपैया प्राप्त गरे । दोस्रो भएोको राजनले ३० हजार र तेस्रो भएको भुमिराजले १५ हजार रुपैया प्राप्त गरे ।
होमलालले १२औं पटकको सहभागितामा काठमाडौं म्याराथनमा च्याम्पियन बन्न सकेको मा खुशी व्यक्त गरे । म लगातार १२औं संस्करण सम्म दौडिए । आज मलाई १२ वर्षपछि खोला फर्कन्छ भने जस्तै भएको छ । १२औं संस्करणमा आएर च्याम्पियन बन्न सफल भएको छु ।’ होमलालले भने, ‘उमेरसँगै म्याराथ छाड्ने समयमा च्याम्पियन बन्दा झनै मनोवल बढेको छ । आगमी म्याराथनमा राम्रो गर्दै जाने लक्ष्य हुनेछ ।
महिलातर्फ विभागीय नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु च्याम्पियन बनिन् । कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो । उनले २०७३ को काठमाडौं म्याराथनमा २ घन्टा ५५ मिनेट ५८ सेकेडसहित कीर्तिमान बनाएको थियो । उनले यसपटक कान्छीले ५ मिनेट १७ सेकेन्ड समय सुधार गरेकी हुन् ।
काठमाडौं म्याराथनको च्याम्पियन बनेसँगै कान्छीले १३औं साग र आठौं राष्ट्रिय खेलकुद नजिकिदै गरेको अवस्थामा बीचमा आएको प्रतियोगिताले नाफा भएको बताइन् । उनले निरतनर प्रशिक्ष्ण र कडा मिहेनतले नै यो सफलता हात पार्न सकेको बताईन् ।
आर्मीकी सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हात पार्दा राजपुरा पचहाईले ३ घन्टा २४ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । उपाधिसँगै कान्छीले ५० हजार र शिलड प्रामप्त गरिन् । दोस्रो भएको सरिताले २० हजार र राजपुराले १५ हजार रुपैया प्राप्त गरिन् ।
रोड रेसको पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्की पहिलो भए । आर्मीका रामजी बस्नेत दोस्रो तथा पुलिसका सन्तोष विक्रम विष्ट तेस्रो भए ।
महिलातर्फ आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । एपिएफकी वृन्दा श्रेष्ठ र पुष्प भन्डारीले दोस्रो र तेस्रो स्थान हात पारिन् । रोड रेसको महिला र पुरुष दुवै तर्फको विजेताले सामन २० हजार प्राप्त गरे । दोस्रो भएकाले १३ हजार तथा तेस्रो भएकाले समान ७ हजार प्राप्त गरे ।
काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले हाफ म्याराथनको दुरीमा समस्या हुदा यसलाई रोड रेस मान्नु परेको बताए । डिस्टेन्स मिस्टेकले सबै खेलाडीहरु त्यही रुटबाट नै दौडिएपछि हामीले यसलाई हाफ म्याराथन नभनी रोड रेस भन्नु परेको उनले बताए ।
५ किलोमिटर खुल्लामा अजित यादव पहिलो भए । मिलन कार्की दोसा्र तथा जितेन्द्र दनुवार तेस्रो भए । महिलातर्फ सन्तोषी श्रेष्ठ, सानुमाया कार्की र फुलमति राना क्रमश पहिलो देखि तेस्रो भइन् ।
५ किलोमिटर मास्टर्स पुरुषमा धर्म महर्जन पहिलो भए । भीम बहादुर दोस्रो तथा कपिल भट्ट तेस्रो भए । महिलातर्फ सरस्वती खड्का राई पहिलो तथा निलम शर्माले दोस्रो स्थान हात पारिन् । उनीहरुले समान १० हजार, ६ हजार ४ हजार प्राप्त गरे ।
विद्यायल ५किलोमिटर पुरुषमा प्रविन कुमार महरा पहिलो भए । सागर श्रेष्ठ दोस्रो तथा नयन तामाङले तेस्रो स्थान हात पारे । महिलातर्फ मन्जु रावत पहिलो, काजल विष्ट दोस्रो तथा स्वेच्छा बलामी तेस्रो भइन् । उनीहरुले समान ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
ह्वील चेयर ५ किलोमिटर पुरुषतर्फ कृष्णराज चौधरी पहिलो भए । रविन्द्र खत्री दोस्रो तथा राजेश शिल्पकार तेस्रो भए । महिलातर्फ यामी झाक्री मगर पहिलो भइन् । लक्ष्मी घिमिरे दोस्रो तथा हरी तामा तेस्रो भइन् । उनीहरुले समान ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।
विजयी खलोडीलाई युएनडिपीका प्रतिनिधि, टर्किस एयरलाइनसका प्रतिनिधि मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्तलगायते पुरस्कृत गरे ।
म्याराथनमा २ सय भन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]