7 years ago
October 6, 2018
काठमाडौं(हाम्रो खेलकुद)-नेपाल ब्यायाम मन्दिरका मिलन सिजापती १५औं धर्मश्रीबाट सुसोभित भएका छन् । सिजापतिले ८० केजी माथीको तौलमा १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछि पार्दै १५औं धर्मश्री जितेका हुन् । सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे ।
दोश्रो भएका सेप फिटनेशका महेश्वरले नगद २ लाख सहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाख सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे ।उनले नगद ९० हजार सहिट ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए । यस्तै पाँचौ स्थानमा ७० केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठ रहे । उनले नगद ८० हजार सहित ट्रफी प्राप्त गरे ।
छैटौस्थानमा रहेका ६० केजी तौल समूहका ब्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार ट्रफी प्राप्त गरे । यस्तै सातौं स्थानमा ५५ केजीका ब्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजार सहित ट्रफी प्राप्त गरे । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए ।
सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ र नेपाल ब्यायाम मन्दिरका सुजन तामाङ्ग दोश्रो र तेश्रो भए । ६५ केजी तौल समूहमा फिटनेश फस्र्टका रोजिन बज्राचार्यले दोश्रो स्थान प्राप्त गरे । यस्त फिटनेश स्टुडियोका सुपेन डंगोलले तेश्रो स्थान हात पारे ।
७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठले रजत पदक पाए । यसैगरि सेप टु ढल्कोका उज्जल राज बज्राचार्यले कास्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल दोश्रो र रिभर फिल्ड फिटनेशका अशोक महर्जन तेश्रो भए । ८० केजी तौलको समूहमा फिटनेश स्टुडियोका प्रविन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कास्य पाए ।
यसैगरि ८० केजी माथिको हेभी वेटमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टि हेल्थ क्लबका अनोज मास्केले कास्यमा चित्त बुझाए । तौल समूहमा दोश्रो तथा तेश्रो हुनेले क्रमश ः नगद ३० र २० हजार, मेडल तथा प्रमाण प्रत्र प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई सम्माननिय उप राष्ट्रपती नन्द किशोर पुन पासाङ्ग, पूर्व रक्षा मन्त्री तथा साँसद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेक थिए । २०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]