default_image

10 years ago

March 8, 2016

नेपाल पुलिस क्लब आमन्त्रण पुरुष भलिबलको फाइनलमा

217 views

0 Bookmark

चितवन, फागुन २५

विभागीय टिम नेपाल पुलिस क्लब चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

NPC-Vs-APf

मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा गतवर्षको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ ले जितेपनि तेस्रो सेट गुमाएको पुलिसले प्रतिस्पर्धात्मक चौथो सेट २६–२४ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो । तेस्रो सेट एपीएफले २५–१६ ले जितेको थियो ।

अब पुलिसले उपाधिका लागि वुधबार भारतको बीएमडब्लुसँग भिड्नेछ ।
सेमीफाइनल हारेको एपीएफले बंगलादेशको डब्लुडीबीसंग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको फाइनल जित्नेले डेढ लाख पाउनेछ । दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने आयोजक पद्मोदय युवा क्लबका प्रवक्ता विकास कार्कीले जानकारी दिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.