7 years ago
October 10, 2018
अर्जुन कार्की (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको नम्वर एक टोली नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।
बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा एपिएफ चुकेन । उसले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।
घरेलु महिला भलिबलमा एपिएफले एकपक्षीय दवदवा कायम गरिरहँदा भलिबलमा कान्छो विभागीय टोली आर्मीले पछिल्लो समय उच्च प्रदर्शन गरिहेको छ । उसले अघिल्लो प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि जित निकालेको थियो ।
लगातार तेस्रो जितसँगै एपिएफ २२औं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । एपिएफविरुद्ध अंक खोस्न सफल आर्मीले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]