default_image

7 years ago

October 15, 2018

एपीएल डेब्युमा सन्दीपको प्रभावशाली प्रदर्शन

153 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग ( एपीएल) को पहिलो खेलमै शानदार प्रर्दशन गरेका छन् ।

नंगरहर लेर्डसबाट एपीएल खेलेका सन्दीपले आइतबार राती भएको खेलमा पक्तिया प्यान्थर्सबीरुद्ध बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर २ विकेट लिए । तर सन्दीपको एक्लो प्रयास,सामान्य लक्ष्य र अन्य बलर चम्कन नसक्दा टोलीको हार भने टार्न सकेनन्। सन्दीपको टीम ७ विकेटले पराजित भयो ।

टस जितेर पहिले ब्याटिंग गर्दै नंगरहरले १ सय २६ रनमा अल आउट भएको थियो । १ सय २७ रनको लक्ष्य पक्तिया प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर सहज जित हात पार्यो ।

प्यान्थर्सकोसहज जितमा कप्तान मोहम्मद शहजादले आक्रामक ब्याटिंग गर्दै ४३ बलमा ८ छक्का र ४ चौका मदतले अविजित ७८ रन बनाए। सन्दीपले दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर समेत रहेका क्यामरुन डेल्पोर्ट र जिम्बाब्बे उत्कृष्ट अलराउण्डर सिकन्दर राजाको बिकेट लिएका थिए ।

टीट्वान्टी विश्वकप एसिया छनोट बी खेल्न मलेसिया गएपछी सन्दीपले सुरुवाती खेल गुमाएका थिए । एपीएल खेल्न सन्दीप मलेसियाबाट सिधै युएइ गत शनिबार गएका हुन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.