default_image

7 years ago

October 23, 2018

ओल्ड ट्राफर्ड फर्कंदा रोनाल्डो भावुक

109 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा मंगलबार इटालियन च्याम्पियन युभेन्ट्सले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । यो खेल पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि भने विशेष हुनेछ ।

रोनाल्डो घर फर्किएका छन् । घर, यानकी उनको व्यवसायिक करिअरलाई उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको क्लब । रोनाल्डो सन् २००३ मा युनाइटेड आउँदा एक सम्भावना बोकेका युवा प्रतिभा थिए । तर उनलाई विश्व स्तरीय खेलाडी बनाउने कार्य यहीं युनाइटेडमा भयो । यसदौरान उनको सुधारको सम्पूर्ण श्रेय प्रशिक्षक सर एलेक्स फर्गुसनलाई जान्छ ।

सोमबार रोनाल्डो खेलको पूर्वसन्ध्यामा क्लबको मैदान पुगे । सन् २००३ देखि २००९ सम्म ७ सिजन यहाँ खेलेका रोनाल्डोले त्यसपछि झन्डै एक दशक रियल म्याड्रिडमा बिताए । उनी यसै सिजनको सुरुवातमा युभेन्ट्स पुगेका थिए । खेलको पूर्वसन्ध्यामा मैदान प्रवेश गर्दा उनी भावुक देखिए । लाग्थ्यो उनलाई पुरानो समय याद आईरहेको छ । उनले यसै मैदानमा प्रिमियर लिग उपाधिसँगै निकै घरेलु उपाधि जित्दै इतिहास बनाए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा एक खेल प्रतिबन्ध पछि खेल्दैछन् । सुरुवाती खेलमा भ्यालेन्सियाविरुद्ध रातो कार्ड खाएपछि उनी योङ ब्वाइजविरुद्ध भने खेल्न पाएका थिएनन् । अब उनीमाथि दबाब छ र अवसर पनि । च्याम्पियन्स लिगमा आफ्नो बेग्लै पहिचान बनाएका रोनाल्डो लगातार चौथो पटक उपाधि जित्ने दाउमा छन् । युभेले पनि रोनाल्डोलाई च्याम्पियन्स लिगलाई ध्यानमा राख्दै अनुबन्ध गरेको खुलेर भनेको छ । अब प्रतिक्षा छ त केवल रोनाल्डो

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.